सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एक वर्षमा काभ्रेका १४ जनाले विदेशमै ज्यान गुमाए

एक वर्षमा काभ्रेका १४ जनाले विदेशमै ज्यान गुमाए

8180
Shares
एक वर्षमा काभ्रेका १४ जनाले विदेशमै ज्यान गुमाए

काभ्रे : वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्ष काभ्रेका १४ जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मात्रै काभ्रेका १४जनाले विदेशमै ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुषको संख्या धेरै छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका काभ्रेका ११ जना पुरुषको विभिन्न कारण ज्यान गएको छ । त्यस्तै ३ जना महिलाले पनि वैदेशिक रोजगारकै क्रममा विदेशका ज्यान गुमाएका छन् । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको विदेशमा नै ज्यान गएको छ ।

यसैबिच वैदेशिक रोजगारको क्रममा विभिन्न देश पुगेका काभ्रेका २ जनाको अंगभंग भएको छ । गत आर्थिक वर्ष २०७७- ७८ मा दुई जना पुरुषको दुर्घटना परेर अंगभंग भएको हो । यता वैदेशिक रोजगार छात्रवृत्ति सहयोग अन्तर्गत काभ्रे जिल्लाका २४ जनाले सहयोग प्राप्त गरेका छन् ।

8180
Shares

ट्रेन्डिङ