सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेका चार नगरपालिकाले तिरेनन् विद्युत् महसुल, ३३ करोड रुपैयाँ विद्युत् बक्यौता

काभ्रेका चार नगरपालिकाले तिरेनन् विद्युत् महसुल, ३३ करोड रुपैयाँ विद्युत् बक्यौता

13025
Shares
काभ्रेका चार नगरपालिकाले तिरेनन् विद्युत् महसुल, ३३ करोड रुपैयाँ विद्युत् बक्यौता

काभ्रे, १५ भाद्र : नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकका दुई वितरण केन्द्रमा गरी ३३ करोड रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजन गरी १८ करोड रुपैयाँभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् ।

बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले यस परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकका वितरण केन्द्रहरूले जनाएका छन् । ती पालिकाले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।

बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको पाँच करोड ९९ लाख ६६ हजार रुपैयाँ, धुलिखेल नगरको पाँच करोड ७७ लाख ७२ हजार रुपैयाँ र पनौती नगरले चार करोड ९८ लाख ३३ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिकाको २७ लाख २१ हजार रुपैयाँ बक्यौता रहेको जनाइएको छ ।

बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गएकाे असार मसान्तसम्ममा ३२ करोड ९९ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इन्जिनियर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार रुपैयाँ, गैरव्यापारिक क्षेत्रबाट ६ लाख २३ हजार रुपैयाँ, व्यापारिक क्षेत्रबाट ५८ लाख ५९ हजार रुपैयाँ, औद्योगिकबाट दुई करोड ४१ लाख रुपैयाँ, खानेपानीबाट ११ लाख ३४ हजार रुपैयाँ, सिँचाइबाट चार लाख ८७ हजार रुपैयाँ बक्यौता छ ।

पालिकाअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार रुपैयाँ, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेबापतको दुई लाख ५९ हजार, मठमन्दिरबाट पाँच लाख २४ हजार रुपैयाँ, सामुदायिक क्षेत्रबाट आठ लाख ७८ हजार रुपैयाँ बक्यौता बाँकी छ । गैर–ग्राहस्थ ३२ लाख २६ हजार रुपैयाँ, सिनेमा हलको ३४ हजार रुपैयाँ, आन्तरिक खपतबापतको २४ हजार रुपैयाँ बक्यौता रहेको यादवले जानकारी दिनुभयो ।

पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको तीन करोड ८४ लाख ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ । रासस

13025
Shares

ट्रेन्डिङ