सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा भैसीले जन्माउन थाले सेतो पाडा पाडी, किसानहरु छक्क (भिडियो )

काभ्रेमा भैसीले जन्माउन थाले सेतो पाडा पाडी, किसानहरु छक्क (भिडियो )

23165
Shares

काभ्रे : काभ्रेको भुम्लु गाउँपालीका वडा नं. १ र ६ मा भैसीको सेतो पाडा पाडी देखा पर्न थालेको छ । भम्लुको वडा नं. १ सापीङको चैनपुरमा गत भदै १० गते टेक बहादुर तामाङको घरमा भैसीले सेतो पाडो जन्माएको छ । सदैब भैसीले कालो पाडो जन्माउने भए ता पनी भुम्लु गाउँपालीका वडा नं. ६ मा ३ वर्ष यता भैसीले ४ वटा र वडा नंं. १ मा यहि भाद्र १० गते आर्को १ वटा पाडो तामाङ घरमा जन्मेको छ ।

करीब ४,५ वटा पाडा पाडीको माउको भने ३ थुने भएको र भैसीले अघिल्लो पल्ट कालो पाडा पाडी जन्मायता पनी दोश्रो पल्टमा सेतो जन्माएको स्थानीय हरुको भनाई छ । गाउँपालीका मा ५,७ वटा सेता पाडा पाडी जन्मीन थालेको स्थानीय श्रीकृष्ण पहरीले बताए । त्यो मध्ये ३ वर्ष पहिले पहरीको घरमा जन्मेको पाडो अहिले बयस्क भएको उनले बताए ।

भुम्लु गाउँपालीका वडा नं. १ सापीङको चैनपुरका किसान टेक बहादुर तामाङको घरमा जन्मेको सेतो पाडो हेर्न आउनेको लर्काे लागेको उनको छोरी सृजना तामाङ बताउ छिन् । गाउँमा पहिलो घटना भएर सेतो रंङ पाडो भएकाले आम मान्छेले आश्चर्य मानेको उनी बताउ छिन् । सो सेतो पाडा पाडी को बारेमा डा. टंक प्रसाई, केन्द्रिय पशु चिकीत्सालय त्रिपिरेश्वर काठमाण्डौ, प्रमुख चिकीत्सकले भैसिमा हुने जिन तथा उक्त स्थानको हावा पानीको कारण यस्तो समस्या र प्राकृतीक गर्वधारण गराउदा रांगोको जिनकै कारणले समेत यस्तो हुने उनले बताए ।

डा. मोगल प्रसाद शाह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धुलीखेल काभ्रेका कार्यलय प्रमुखले सेतो पाडा पाडी जन्मनुमा हामीलाई पनी अध्यान र अनुसन्धानको विषय रहेको उनले बताए । यस्तो हुदा उक्त पाडा पाडीको प्रजनन बाट कृषकले उत्पादनमा बृद्धि गर्न नसक्ने पनी उनले बताए ।
हेर्नुहोस् भिडियो :

23165
Shares

ट्रेन्डिङ