सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा कांग्रेसको वडा अधिवेशन अनिश्चित, केन्द्रले निर्वाचन अधिकृत नै पठाएन

काभ्रेमा कांग्रेसको वडा अधिवेशन अनिश्चित, केन्द्रले निर्वाचन अधिकृत नै पठाएन

8790
Shares
काभ्रेमा कांग्रेसको वडा अधिवेशन अनिश्चित, केन्द्रले निर्वाचन अधिकृत नै पठाएन

काभ्रे : नेपाली कांग्रेसको आजबाट देशभर वडा अधिवेशन सुरू हुँदै छ । तर काभ्रेमा भने कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रले निर्वाचन अधिकृत अहिलेसम्म पठाएको छैन् । निर्वाचन अधिकृतले जिल्ला पार्टी पदाधिकारीसंग छलफल गरेपछि मात्रै मिति तय हुन्छ । तर काभ्रेमा केन्द्रले निर्वाचन अधिकृत नै नपठाएपछि वडा अधिवेशनको मिति समेत अनिश्चित बनेको हो ।

‘केन्द्रले अहिलेसम्म निर्वाचन अधिकृत पठाएको छैन्, निर्वाचन अधिकृतले जिल्लाका पदाधिकारीसंग छलफल गरेर अधिवेशनको मिति तोक्ने हो । तर हाम्रो जिल्लामा त्यो पनि हुन सकेको छैन्, कांग्रेस जिल्ला सचिब दिनेश लामाले भन्नुभयो ।’

काभ्रेमा १३५ वटा वडा रहेका छन् । ती सबै वडामा एकैदिन अधिवेशन सकाउनु पर्ने हुन्छ । पालिका अधिवेशन भदौ २७ गते तोकिएको छ । त्यो भन्दा अघि नै वडा अधिवेशन सकाउनु पर्ने हुन्छ । ‘वडा नै पिच्छे फरक मितिमा अधिवेशन गर्न मिल्दैन । एकैदिन गर्नुपर्ने हुन्छ । स्थानीय तहको अधिवेशन अघि जसरी पनि वडाको अधिवेशन सकाउनु पर्ने हुन्छ, सचिव लामाले भन्नुभयो ।’

क्रियाशिल सदस्यमा विवाद देखिएपछि जिल्ला सभापति मधु आचार्य केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना बस्न जानु भएको थियो । विवाद मिलेपनि सभापति जिल्ला फर्किनसकेको बताईएको छ ।

कांग्रेसको संशोधित अधिवेशन तालिका अनुसार भदौ २७ गते गाउँपालिका र नगरपालिका अधिवेशन हुनेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २०७८ असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज १० गते गर्ने कार्य तालिका सार्वजनिक भएको छ ।

8790
Shares

ट्रेन्डिङ