सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँदा वडा अधिवेशन रोकियो

काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँदा वडा अधिवेशन रोकियो

32560
Shares
काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँदा वडा अधिवेशन रोकियो

काभ्रे कांग्रेसमा गणेश लामा पक्षका क्रियाशील सदस्यको नाम काटिँएको पाइएको छ । आज देशभरका जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो । तर काभ्रेमा वडा अधिवेशन अनिश्चित छ । गणेश लामा पक्षीय क्रियाशील सदस्यको नाम काटिएपछि जिल्ला सभापति मधु आचार्य केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्ना बस्न जानु भएको थियो । जिल्ला पार्टी समितिले सिफाशिस गरेका सदस्यहरूको नाम एकाएक काटिएपछि सभापति आचार्य धर्ना बस्न जानु भएको हो ।

जिल्ला पार्टी समितिले सिफाशिस गरेका क्रियाशील सदस्यको नाम सार्वजनिक गर्ने सहमतिपछि धर्ना रोकिएको छ । तर अझै नाम सार्वजनिक नगरिएको भन्दै सभापति आचार्य जिल्ला फर्किनु भएको छैन् । जिल्लामा गणेश लामालाई बाईपास गरेर अघि बढ्न खोज्दा वडा अधिवेशन पनि रोकिएको छ ।

तत्कालीन फोरम नेपाली कांग्रेसमा एकीकृत भएको थियो । गणेश लामाको पक्षका ८ सय जनालाई क्रियाशील सदस्य दिने सहमति थियो । सोहि अनुरुप जिल्ला समितिले केन्द्रमा नाम पठाएको थियो । तर गणेश लामा पक्षका झण्डै ५ सय क्रियाशील सदस्यको नाम काटिँएको बताइएको छ ।

गणेश लामा सभापति मधु आचार्य पक्षीय नेता मानिनुहुन्छ । गणेश लामासंगै मिलेर आचार्य प्यालन अधिवेशनमा आफ्नो बढी भन्दा बढी पदाधिकारी निर्वाचित गराउने पक्षमा छ । नेता लामाले आचार्य प्यानललाई खुलेरै सहयोग गर्दै आउनु भएको छ । क्रियाशील सदस्य नभएपछि पार्टीको कुनैपनि पदमा उम्मेदवारी दिन मिल्दैन् ।

गणेश लामाको भागमा परेका सबैको नाम क्रियाशील सदस्यमा आउँदा आफुहरू निकै कमजोर हुने आँकलन सहित पूर्व जिल्ला सभापति शिव हुमागाईं पक्षले क्रियाशील सदस्यको नाम काटेको स्रोतको दाबी छ । ‘जिल्ला समितिले सहमतिमै पठाएको नाम काटिनु भनेको स्वभाविक होईन् । यसमा ठूलो षड्यन्त्र छ । हामी यसको शसक्त प्रतिबाद गर्छौं । सभापति आचार्य निकट एक जिल्ला नेताले नाम उल्लेख नगर्ने सर्तमा भने ।’

गणेश लामाले संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसक्नु भएको छ । उहाँ २०७४ सालमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्र लामासंग ४ हजार १७७ कम मत अन्तरले पराजित हुनुभएको थियो । चन्द्र लामाले २४ हजार ४४७ मत पाउँदा कांग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको थियो ।

32560
Shares

ट्रेन्डिङ