सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकुल बाँस्कोटाले को-को पार्दैछन् ‘कोल्याप्स’ ? (भिडियो )

गोकुल बाँस्कोटाले को-को पार्दैछन् ‘कोल्याप्स’ ? (भिडियो )

3990
Shares
गोकुल बाँस्कोटाले को-को पार्दैछन् ‘कोल्याप्स’ ? (भिडियो )

काभ्रे : एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीको जिल्लामा कुनै औचित्य नरहेको बताउनुभएको छ । आज बनेपामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित ३ जना सदस्यले सञ्चालन गर्ने पार्टीको कुनै अर्थ नलहेको बताउनुभयो ।

काभ्रेमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले आगामी निर्वाचनमा जमानत समेत जोगान नसक्ने बाँस्कोटाको भनाई छ । ‘मेरो चुनौती भयो । नयाँ पार्टीका कुनै एक जना उम्मेदवारको जमानत जोगाएर देखाउनुस् । एमालेले काभ्रेली जनताका लागि निकै ठूलो काम गरेको छ । सबै ठाउँमा हामी जित्छौं । जनताले पत्याएको पार्टी नै एमाले हो, नेता बाँस्कोटाले भन्नुभयो ।’

सम्बोधनको अधिकांश समय काभ्रेकै बारेमा बोल्नुभएका नेता बाँस्कोटाले एमालेले जिल्लामा गरेको विकास निर्माणलाई कांग्रेसले समेत धन्यवाद दिएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीको पहिलो बैककमा विकासको भण्डाफोर गर्ने बिषय उल्लेख भएको तर्फ ईंकित गर्दै बाँस्कोटाले घर आँगनको विकास देख्न नसकेर अत्तालिएको जिकीर गर्नुभयो ।

नेता बाँस्कोटाले धेरै चुरीफुरी गरे ‘कोल्याप्स’ हान्ने चेतावनी समेत दिनुभयो । ‘एमालेलाई धेरै जिस्काए परिणाम राम्रो हुने छैन् । कसलाई कसरी कोल्याप्स हान्नु पर्ने हो । हामीलः पनि जानेको छौ । राजनीति ख्याल ठट्टाको बिषय होइन ।

एमालेसंग एजेण्डा छ । त्यहि एजेण्डा जनतालाई सुनाउँछ । बुझाउँछ । सानदार मतका साथ हामी जितेर आउँछौ । जनधार नभएकाहरू सामाजिक सञ्जालमा कराउछन् । बस्छन्, नेता बाँस्कोटाले भन्नुभयो ।’

3990
Shares

ट्रेन्डिङ