सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • युवा साकोसको दोस्रो सेवाकेन्द्र पाँचखालमा

युवा साकोसको दोस्रो सेवाकेन्द्र पाँचखालमा

4475
Shares
युवा साकोसको दोस्रो सेवाकेन्द्र पाँचखालमा

युवा बचत तथा ऋण सहकारी संस्था लि. को पाँचखाल सेवाकेन्द्र उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष उदयराम कायस्थको अध्यक्षता रहेको थियो । सो सेवाकेन्द्रको कार्यालय समाजकल्याण चोक नबिल बैंक रहेको घरको दोस्रो तल्लामा रहेको छ ।

कार्यक्रममा उपप्रमुख दनुवारले सहकारी संस्थाले ऋण दिने र असुली गर्ने नीति लिने मात्र लिन नहुने बताउनुभयो । न्यून आयस्तर भएका सदस्यहरूको जीवनस्तर उकास्न सहकारी केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । उहाँले युवा साकोसलाई सफलताको शुभकामना दिनुहुदै आगामी दिनमा नगरपालिका र युवा साकोसको सहकार्यमा उद्यमशिलाता विकास गर्ने तथा जीवनस्तर सुधार गर्ने कार्यक्रमहरू संचालन गर्नुपरेमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता गर्नुभएको छ ।

त्यस्तै काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको युवा साकोसको १३ वटै स्थानीय तहमा एक–एक वटा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य अनुरूप दोस्रो सेवाकेन्द्रको रूपमा पाँचखाल सेवाकेन्द्र स्थापना भएको संस्थाका अध्यक्ष उदयराम कायस्थले जानकारी गराउनुभयो । उहाँले पाँचखाल नगर क्षेत्रका सदस्यहरूले बनेपासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पाँचखाल क्षेत्रका सदस्यहरूको सुझावलाई समेट्दै बचत तथा ऋणको सेवा उपलब्ध गराउने र अन्य सामाजिक कार्यक्रम पनि संचालन गर्ने प्रतिबद्धता कायस्थ गर्नुभयो । कार्यक्रममा युवा साकोसका व्यवस्थापक निश्चल सापकोटाले संस्थाको परिचय सम्बन्धि सामग्री प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पाँचखाल नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक विष्णु गौतम, संस्थाका संचालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, उपसमिति सदस्य, कर्मचारीलगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

4475
Shares

ट्रेन्डिङ