सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामुदायिक सारथिले गर्यो कृषि, शिक्षा र स्वास्थ्य लगायतका विषयमा छलफल

सामुदायिक सारथिले गर्यो कृषि, शिक्षा र स्वास्थ्य लगायतका विषयमा छलफल

3765
Shares
सामुदायिक सारथिले गर्यो कृषि, शिक्षा र स्वास्थ्य लगायतका विषयमा छलफल

काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ । पारस्पिरिक जवाफदेहिता स्थानीय पहल परियोजना अन्र्तगत बैठक सम्पन्न भएको हो । बैठकमा कृषि, शिक्षा, स्वास्थ,तथा विपद्सम्बन्धी विषयमा छलफल भएको सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले जानकारी दिए ।

साझेदारी मञ्च बैठकमा स्थानीय नागरिकको कृषिमा अनुदान, रासायनिक मल समयमै उपलब्ध गराउने, विद्यालय उमेरका छात्रालाई विद्यालयमा स्यानेटरी प्याड वितरण, कृषिमा विमा, रोशी गाउँपालिकामा उत्पादन भएको कृषि उत्पादन शित भण्डार गरी बजारीकरण गर्ने तथा व्यवस्थित संकलन केन्द्र सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै कृषि क्षेत्रसंग सम्बन्धित उठेको सवाललाई कृषि शाखा प्रमुख रगुनि शाहले सम्बोधन गरेका थिए भने त्यस्तै स्वास्थ्यको सवाललाई स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले स्पष्ट पार्दै स्वास्थमा सुधार गर्नु पर्ने विषयलाई निर्देशनात्मक रुपमा १ महिना भित्रमा सुधार गरी प्रमुक प्रशासकिय अधिकृत मार्फत प्रतिबेदन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाको अध्यक्षतामा बसेको बैठकमा विषयगत शाखा कर्मचारी, स्थानिय नागरिक लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले संचालन गरेका थिए भने कार्यक्रम सहजिकरण सामुदायिक सारथिका कार्यक्रम व्यवस्थापक अनिल खनालले गरेका थिए ।

3765
Shares

ट्रेन्डिङ