सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको जैसीथोकमा पूर्व मन्त्री बाँस्कोटा र कांग्रेस युवाहरूको नाटक: आईतबार एमाले, सोमबार कांग्रेस, मंगलबारबाट पक्का एमाले !

काभ्रेको जैसीथोकमा पूर्व मन्त्री बाँस्कोटा र कांग्रेस युवाहरूको नाटक: आईतबार एमाले, सोमबार कांग्रेस, मंगलबारबाट पक्का एमाले !

5545
Shares
काभ्रेको जैसीथोकमा पूर्व मन्त्री बाँस्कोटा र कांग्रेस युवाहरूको नाटक: आईतबार एमाले, सोमबार कांग्रेस, मंगलबारबाट पक्का एमाले !

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ का कांग्रेस युवाहरू आईतबार एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाको निवास पुगे । खादा र अविर लगाएका युवाहरूको बीचमा एमाले नेता बाँस्कोटा बसेको फोटो सार्वजनिक भयो ।

बाँस्कोटाको सचिवालयबाट ती युवाहरू एमाले प्रवेश गरेको भन्दै प्रकाशन, प्रसारण गरियो । महाधिवेशनको मुखैमा क्रियाशील सदस्य एमाले प्रवेश गरेको खबर सार्वजनिक भएपछि कांग्रेस काभ्रेको जिल्ला, प्रदेश, स्थानीय तह हुँदै वडा समितिसम्म तरंग मच्चियो । बाँस्कोटा निवासमा पुगेर एमाले प्रवेश गरेका कांग्रेसका युवासंगहरूसंग नेतृत्वले तीव्र छलफल गर्यो ।

एमाले प्रवेश गरिएका भनिएका मध्ये ७ जना युवाहरूले आफुहरू एमाले प्रवेश नगरेको र कांग्रेसमै रहेको भन्दै सोमबार विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा भनिएको थियो: हामी कांग्रेसका क्रियाशील सदस्यहरूलाई झुक्याई नेकपा एमालेमा प्रवेश गरिएको भनि प्रचार गरिएता पनि एमालेको भ्रमबाट हामी मुक्त भै हाम्रो आस्था र विश्वासको पार्टी नेपाली कांग्रेसमै क्रियाशील रहेको ब्यहोरा अनुरोध गर्दछौं ।’

एमाले प्रवेश नगरेको भन्दै जैसीथोक कांग्रेसका युवाहरू सुसन तामाङ, पासाङ तामाङ, तिलक बहादुर तामाङ, सन्त बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, सत्यमान तामाङ र गणेश तामाङ गरी ७ जना युवाको नाममा विज्ञप्ति जारी भएको थियो ।

युवाहरूले आफुहरू एमाले प्रवेश नगरेको र कांग्रेसमै रहेको खबर सार्वजनिक भयो । तर आज ती युवाहरूले फेरी एमालेमै प्रवेश गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् । हिजो कांग्रेसमै रहेको दाबी गर्ने सुसन र पासाङ तामाङ बाहेक अन्य ५ जना सहित १६ जना जैसीथोक कांग्रेसका युवाहरूले आफुहरू एमालेमै प्रवेश गरेको विज्ञप्ति मार्फत जनाएका हुन् ।

बनेपा स्थित एमाले पार्टी कार्यालयमा कार्यालय सचिव हरि मैनालीको उपस्थितिमा तिलक बहादुर तामाङ, सन्त बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, सत्यमान तामाङ, गणेश तामाङ, राजु तामाङ, किरण थापा, हर्क तामाङ, कालुमान तामाङ, प्रेम बहादुर तामाङ, राम बहादुर तामाङ, ढलक लामा, कमल तामाङ, सरोज तामाङ, नारायण लामा र धन बहादुर तामाङले आफुहरू एमाले प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ: हामी एमालेमा प्रवेश गरेपछि हत्तालिएका स्थानीय कांग्रेस कार्यकर्ताहरूबाट हाम्रो कमरेडहरूलाई धाकधम्की पूर्व ब्यवहार गर्दै, भेटौँ, गफ गरौँ भनि बोलाएर जबर्जस्ती अपहरण शैलीमा लगेर हस्ताक्षर गर्न बाध्य पारिएको प्रति हाम्रो आपत्ति रहेको छ । ब्यक्तिको राजनैतिक स्वतन्त्रतालाई चुनौती नदिन नेपाली कांग्रेसका मित्रहरूलाई चेतावनी दिन चाहन्छौं । साथै भदौ २७ गते हामी एमालेमा प्रवेश गरेका ब्यक्तिहरू एमालेमै रहेको ब्यहोरा प्रष्ट पार्न चाहान्छौँ ।’

सोमबार अपहरण शैलीमा लगेर कांग्रेस नेताहरूले हस्ताक्षर गर्न लगाएको आरोप लगाएपनि र मंगलबार एमालेमै रहेको प्रष्टीकरण दिएपनि दुबै पक्षले जारी गरेको विज्ञप्तीमा प्रयोग गरिएका शब्द भने ती युवाहरूको अन्तर मनदेखिका होईन भन्नेमा निर्धक्कसंग भन्न सकिन्छ ।

5545
Shares

ट्रेन्डिङ