सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

23775
Shares
काभ्रेबाट ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ

काभ्रे प्र हरीले ट्रक भित्र बालिकालाई जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ गरेको छ । अन्दाजी १३ बर्षीय बालिकालाई ट्रक भित्र जबरजस्तीकरणी गर्ने चालक र सह-चालक प क्राउ परेको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

बालिका भदौ २६ गते रातीको करिब १२:३० बजतिर भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ श्रृजनानगर स्थित अरनिको राजमार्ग सडक खण्डमा पूर्व तर्फ जानको लागि गाडी कुरिरहेकी थिईन् । एकिन नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पुर्‍याईदिने भनि ट्रकमा राखेर चालक र सहचालकला ल्याएका थिए ।

तर गन्तव्यमा पुग्दै राति १:३० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १२ साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह-चालक दुवै जना मिलि पालै पालो जबरजस्तीकरणी गरी निज बालिकालाई गन्तव्य सम्म नपुर्‍याई सोही स्थानमा छाडेर गाडी लिई फ रार भएका थिए ।

प क्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ बर्षीय चालक हर्क बहादुर बिश्वकर्मा र मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ घर भएका १८ बर्षीय सह-चालक निदिप धिमाल छन् । उनीहरूलाई आज साँझ मोरङबाट बिपि राजमार्ग हुँदै काठमाण्डौ तर्फ आउँदै धुलिखेल नगरपालिका वडा नम्बर ७ स्थित धुलिखेल चोकबाट ट्रक सहित प क्राउ गरिएको हो ।

घटना कसरी लाग्यो पत्ता ?
पीडित बालिका आफूलाई जबरजस्तीकरणी भए पश्चात गन्तव्य तर्फ नगई पुन: भक्तपुर तर्फ साझको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्र हरी टोलीले फेला पारेको थियो । सोधपुछ गर्दा आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नम्फर १ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म पुर्‍याई दिन्छु भनि ट्रकमा राखेर लगेको र बनेपा नगरपालिका वडा नम्बर १२ जनागाल स्थित साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह-चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको बताएकी थिईन् ।

बालिकाको भनाईको आधारभा तत्काल घटनास्थलमा प्र हरी टोली पुग्दा पीडितको कपडाहरु सहितको झोला र चप्पल फेला परेको थियो । जिल्ला प्र हरी कार्यालय काभ्रेपलाञ्चोकको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा अनुसन्धान कार्य सुरू गरीएको थियो ।

घ टना घटाई चालक र सहचालक ट्रक लिएर सिन्धुली हुँदै झापा सम्म पुगेको थिए । नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्राविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २-०३-००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आईपुग्न अत्याधिक समय लागेको देखिएकाले शंका लागेपछि उक्त ट्रकलाई प्रहरीले निगरानीमा राखिएको थियो ।

प क्राउ परेका चालक र सहचालकलाई पीडित परिवारबाट जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी खतिवडाले जानकारी दिनुभयो ।

23775
Shares

ट्रेन्डिङ