सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • किन गरिन् प्रीति रानीले आत्माहत्या ? खुल्यो रहस्य ! हेर्नुहोस् आत्माहत्या गर्नु अगाडीको भिडियो

किन गरिन् प्रीति रानीले आत्माहत्या ? खुल्यो रहस्य ! हेर्नुहोस् आत्माहत्या गर्नु अगाडीको भिडियो

38450
Shares
किन गरिन् प्रीति रानीले आत्माहत्या ? खुल्यो रहस्य ! हेर्नुहोस् आत्माहत्या गर्नु अगाडीको भिडियो

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ की प्रीति रानी तामाङको शव ६ दिन बितिसक्दा पनि दाहसंस्कार नभएपछि माईती पक्ष आन्दोलित भएको छ । शवलाई धुलिखेल अस्पतालमा राखिएको छ ।

मृत्यु भएको ६ दिनसम्म पनि शव दाहसंस्कार नगर्नुको कारण खोज्दै मृ तकका माईती पक्षले मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रांगनमा प्रदर्शन गरे । माईती पक्षले शव दाहसंस्कार गर्न र हत्याबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

मृतक प्रीतिले आत्महत्या गर्नु अगाडी आफ्नो मोबाइलमा एउटा भिडियो रेकर्ड गरेकी छन् । सो भिडियोमा उनले आफ्नो सासु र श्रीमानको कारणले आत्महत्या गर्न बाध्य भएको बताएकी छन् । हेर्नुहोस् उनले आत्महत्या गर्नु अगाडी रेकर्ड गरेको यो भिडियो।

मृतककी सासुलाई पनि अनुसन्धानको दायारामा ल्याउन माईती पक्षले प्र हरीसंग माग गरेको छ । भदौ २४ गते घटना पश्चात मृतकका बुबा नेत्र बहादुर तामाङले आत्महत्या दुरुसान बिरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराउनु भएको थियो । किटानी जाहेरीका आधारमा मृतक प्रीतिका श्रीमान सुदिप तामाङलाई प्र हरीले नियन्त्रणमा लिइ अनुसन्धान गरी रहेको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

मृतक प्रीति रानी तामाङको पाँचखाल नगरपालिका वडा नम्बर १ अनौकोटका सुदिप तामाङसंग गएको बैशाख महिनामा विवाह भएको थियो । विवाह भएको ५ महिना नबित्दै प्रीतिले भदौ २४ गते माइती घर नयाँगाउँमा आत्माह त्या गरेकी थिईन् । १८ दिनदेखि माईतीमा बस्दै आएकी प्रीतिले घर परिवारको दबाबको कारण आत्मह त्या गरेको प्रीतिका बाबु नेत्र बहादुर तामाङले बताउनुभयो ।

‘हामीलाई राम्रोसंग थाहा छ । छोरीको आत्मह त्या भएको हो । त्यत्रो लामो समयदेखि माईतीमा गएर बस्दा पनि घर पक्षले कुनै वास्ता गरेनन् । जसको परिणाम स्वरुप आज हामीले छोरी गुमाएका छौँ । यो घटनामा छोरीको सासुलाई पनि अनुसन्धानको दायरामा ल्याईनु पर्छ । छोरोलाई नराम्रो काम गर्न हौस्याएकै कारण यस्तो घ टना भोक्नु परेको छ । मृतकका बुबा तामाङले भन्नुभयो ।’

श्रीमान् र सासुको यातना सहनै नसकेर आफ्नो छोरीले आत्मह त्या गरेको माईती पक्षले दाबी गरेको छ । श्रीमानले वास्ता नगर्ने र सासुले अनाहकमा यातना दिँदा आफ्नो छोरीले आत्महत्या गरेको बुबा नेत्र बहादुर तामाङले बताउनुभयो ।

38450
Shares

ट्रेन्डिङ