सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ६ दिनपछि काभ्रेकी प्रीति रानी तामाङको शव दाहसंस्कार

६ दिनपछि काभ्रेकी प्रीति रानी तामाङको शव दाहसंस्कार

22800
Shares
६ दिनपछि काभ्रेकी प्रीति रानी तामाङको शव दाहसंस्कार

काभ्रे : मृत्यु भएको ६ दिनपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ की प्रीति रानी तामाङको शव दाहसंस्कार गरिएको छ । माईती पक्षले मृत्यु भएको एक साता बित्नै लाग्दा पनि शव दाहसंस्कार गर्न घर पक्ष नमानेको भन्दै हिजो प्रदर्शन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार आज प्रीति रानी तामाङको शव दाहसंस्कार गरिएको हो । ‘घर पक्षले आज शव बुझिलिएपछि दाहसंस्कार गरिएको हो । केहि बुझाईमा समस्या हुँदा दाहसंस्कार गर्न ढिलाइ भएको थियो । शवको पोष्टमार्टम भैसकेको छ । अनुसन्धानको प्रक्रिया अघि बढिरहेको छ, डिएसपी खतिवडाले भन्नुभयो ।’

माईती पक्षले शव दाहसंस्कार गर्न र ह त्याबारे निष्पक्ष छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका थिए । मृतक प्रीति रानीका बुबा नेत्र बहादुर तामाङले दिएको आत्महत्या दुरुसान बिरुद्ध किटानी जाहेरीका आधारमा मृतकका श्रीमान सुदिप तामाङ प क्राउ परेपछि घर पक्षले शव दाहसंस्कार गर्न आनाकानी गर्दै आएको थियो ।

मृतक प्रीति रानी तामाङको पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटका सुदिप तामाङसंग गएको बैशाख महिनामा विवाह भएको थियो । विवाह भएको ५ महिना नबित्दै प्रीतिले भदौ २४ गते माइती घर नयाँगाउँमा आत्माह त्या गरेकी थिईन् । १८ दिनदेखि माईती घरमा बस्दै आएकी प्रीतिले घर परिवारको दबाबका कारण आत्मह त्या गरेको प्रीतिका बाबु नेत्र बहादुर तामाङले बताउनुभयो ।

श्रीमान् र सासुको यातना सहनै नसकेर आफ्नो छोरीले आत्मह त्या गरेको माईती पक्षको दाबी छ । श्रीमानले वास्ता नगर्ने र सासुले अनाहकमा यातना दिँदा आफ्नो छोरीले आत्मह त्या गरेको बुबा नेत्र बहादुर तामाङले बताउनुभयो । माईती पक्षले सासुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेको छ ।

22800
Shares

ट्रेन्डिङ