सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ७ दिनमा मधुमेह कम गर्ने एक चीज

७ दिनमा मधुमेह कम गर्ने एक चीज

52575
Shares
७ दिनमा मधुमेह कम गर्ने एक चीज

काठमाडौं ,भदौ ३१, ; दुई वर्षमा विश्वभर मधुमेहका रोगीको संख्या बढ्न थालेको छ । बढ्दो उमेरका मानिसहरु मात्र नभइ बालबालिका र युवावस्थाका व्यक्तिहरु पनि मधुमेहको चपेटामा पर्ने गरेका छन् । रगतमा चिनीको मात्रा बढ्दै जाँदा विभिन्न समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ । मधुमेहका रोगीहरुले खानपानमा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ ।

भारतको महाराष्ट्र र आन्ध्र प्रदेशका चिकित्सकहरुले रगतमा चिनीको मात्रा कम गर्नका लागि एउटा फल फाइदाजनक भएको बताएका छन् । चिकित्सकका अनुसार मधुमेहका रोगीलाई कटहरले फाइदा गर्छ । काँचो कटहर होस् वा पाकेको होस् यसले मधुमेहका रोगीलाई फाइदा गर्ने गर्छ ।

 

अन्तर्राष्ट्रिय पत्रिका ‘नेचर’ मा छापिएको एउटा अध्ययनले मधुमेहलाई नियन्त्रण गर्न कटहर निकै महत्वपूर्ण मानिन्छ । उक्त अध्ययनमा कटहर मधुमेहका रोगीका लागि फाइदाजनक भएको पाइएको छ ।

अध्ययनका अनुसार कटहरले ७ दिनमा रगतमा ग्लुकोजको मात्रा घटाउँछ । अमेरिकी डायबेटिज एसोसिएसनद्वारा गरिएको एक अध्ययनका क्रममा चामल र गहुँको सट्टामा कटहर दिइएको र यसको नतिजा पनि फाइदाजनक पाइएको पत्ता लागेको छ ।

अध्ययनका क्रममा एक मधुमेह रोगीलाई ३० ग्राम कटहरको पाउडर दिइयो । तीन महिनापछि फास्टिङ ब्लड शुगर, पोस्टप्रोडिल ब्लड ग्लुकोज र HbA1c को स्तरमा धेरै कमि आयो । यसका साथै, रोगीको तौलमा पनि कमि आएको पाइएको बताइएको छ ।

पश्चिमी देशहरुको तुलनामा भारत तथा नेपाल जस्ता देशहरुमा ३० प्रतिशत व्यक्तिहरुमा मोटोपनका कारण मधुमेह हुने गरेको पाइन्छ । अध्ययनका अनुसार कटहरको आटाले रगतमा चिनीको मात्रा कम गर्नुका साथै ग्लाइसेमिकलाई पनि नियन्त्रण गर्छ ।

कटहरको आटा तयार गर्नका लागि यसको भित्रको दानालाई राम्रोसँग सुकाउने र त्यसको बाहिरको बोक्रा फालेर कटहरको बीजलाई पिसेर आटा तयार गरेर अन्य आटामा मिसाएर पनि खान सकिन्छ ।

 

-राटोपाटी

52575
Shares

ट्रेन्डिङ