सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ, अर्का फरार

जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ, अर्का फरार

5765
Shares
जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ, अर्का फरार

काठमाडौं,असोज १ ;१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनार र सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

-रातोपाटी

5765
Shares

ट्रेन्डिङ