सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

2540
Shares
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

कास्की , असोज १ ;गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले भने, “नविनतम प्रविधिको जडानसहित प्रयोगशालामार्फत जनतालाई अस्पतालले दिएको स्वास्थ्य सेवा महत्वपूर्ण छ ।”

प्रदेशसभा सदस्य कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिए । उनले अब अस्पतालमा १०० शय्या व्यवस्थापन गर्न लाग्नुपर्नेमा जोड दिँदै यस अस्पतालमा नर्सिङ कलेजको स्थापना गरे शिशु र आमाको उपचार सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने जानकारी दिँदै हाल ५५ शय्यामार्फत निःशुल्करुपमा बिरामीको उपचार भइरहेको बताए ।

”२० शय्याको कोभिड वार्डको व्यवस्थापन गरी निःशुल्क उपचार दिइरहेका छौँ”, उनले भने, “अब दन्त रोग सेवासमेतलाई विस्तार गरिने योजना रहेकोछ ।”कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनीयर महेन्द्र गोदार र शारदा मोहन काफ्लेलगायतले जनस्वास्थ्यका लागि अस्पतालको भूमिकाबारे चर्चा गरेका थिए ।

 

-रासस

 

2540
Shares

ट्रेन्डिङ