सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा जबरजस्ति करणीको घटनाहरु बढ्दै, गएन सरोकारवालाको ध्यान

काभ्रेमा जबरजस्ति करणीको घटनाहरु बढ्दै, गएन सरोकारवालाको ध्यान

5435
Shares
काभ्रेमा जबरजस्ति करणीको घटनाहरु बढ्दै, गएन सरोकारवालाको ध्यान

काभ्रे : पछिल्लो ३ बर्ष यता काभ्रेमा बलात्कारको घटना बढ्दै गएको छ । ३ आर्थिक बर्षमा मात्र काभ्रेमा २ सय ३७ जबरजस्ति करणीका मुद्धा दर्ता भयो । चालु बर्षको भाद्र महिनामा मात्र काभ्रेमा ५ वटा जबरजस्ति करणीका घटना दर्ता भएको छ । जसमा ९ बर्षिया र १३ बर्षिया बालिका बलत्कारको शिकार बने ।

काभ्रेमा पछिल्लो ३ वर्षयता बलात्कारको घटना बढ्दै गएको छ । आर्थिक वर्ष २०७५-०७६ मा जबरजस्ति करणीसम्बन्धि ५४ मुद्धा दर्ता भएकामा ३० को फैसला भएको छ भने २४ मुद्धा फैसला हुन बाँकि रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा जबरजस्ति करणी सम्बन्धि ८५ मुद्धा दर्ता भएकोमा २९ को फैसला भएको छ भने ५६ मुद्धा फैसला हुन बाँकि छ ।

गत आर्थिक वर्ष २०७७-०७८ मात्रै जबरजस्ति करणीसम्बन्धि ९८ वटा मुद्धा दर्ता भएकामा ३६ को फैसला भएको छ भने ६२ मुद्धा फैसला हुन बाँकि छ । यस्तै चालु आर्थिक बर्षको भाद्र महिनामा मात्र ५ वटा जबरजस्तिका घटनाहरु दर्ता भएको काभ्रे प्रहरीले जनाएको छ । भदौमा भएको घटनामा ट्रकका चालक र सह चालकले १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी घटना रहेको छ ।

भदौ २६ गते गाडी कुरेर बसेकी १३ बर्षिया बालिकालाई भाडाको ट्रकमा पालैपालो जबरजस्ती करणी गरेको आरोपमा काभ्रे प्रहरीले झापाका ३२ बर्षिय ट्रक चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक मोरङ्गका १८ वर्षीय निदिप धिमाललाई २९ गते पक्राउ गरेको थियो ।

त्यस्तै भुम्लु गाउपालीकामा हाडनाता भित्रका १३ बर्षिय बालकद्धारा ९ वर्षीया बालीका बलात्कृत भएकी थिइन् । ति बालकले छिमेकीको मोवाइलमा अश्लिल भिडियो हेरेपछि आफु जबरजस्ती करणीकालागि प्रेरीत भएको बयान दिएका थिए ।

बढ्दो सामाजीक सञ्जालको दुरुपयोगले बालबालिका समेत यस्ता अपराधमा प्रेरीत हुने गरेको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोविन्द प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यसरी काभ्रेमा हरेक वर्ष जबरजस्ति करणीका घटना बढ्दै गएको छ । जसमा बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा श्रीमान वैदेशिक रोजगारमा गएका महिलाको समुहका साथै फरक क्षमता भएका र अशक्त बालबालीका लक्षित हुने गरेका छन् ।

5435
Shares

ट्रेन्डिङ