सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेबाट फरार अभियुक्त गिरी १५ बर्षपछि पक्राउ

काभ्रेबाट फरार अभियुक्त गिरी १५ बर्षपछि पक्राउ

13775
Shares
काभ्रेबाट फरार अभियुक्त गिरी १५ बर्षपछि पक्राउ

काभ्रे प्रहरीले ठगी मुद्दाका फरार अभियुक्तलाई प क्राउ गरेको छ । चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ घर भएका ६८ बर्षीय बिदुर राज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । गिरी १५ बर्षपछि पक्राउ परेका हुन् ।

खोजतलास गर्ने क्रममा काठमाण्डौको बालाजुमा लुकिछीपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।

पक्राउ परेका गिरीलाई ३ वर्ष ४ महिना १२ दिन कैद सजाय र ८ लाख ५ हजार रूपियाँ जरिवाना जिल्ला अदालत काभ्रेले तोकेको थियो । ठगी मुद्दामा गिरी उपर २०६३ साल भदौ २५ गते जिल्ला अदालत काभ्रेले फैसला सुनाएको थियो ।

13775
Shares

ट्रेन्डिङ