सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • तत्काललाई रसायनिक, दीर्घकाललाई जैविक मल व्यवस्था गर्न आग्रह

तत्काललाई रसायनिक, दीर्घकाललाई जैविक मल व्यवस्था गर्न आग्रह

3630
Shares
तत्काललाई रसायनिक, दीर्घकाललाई जैविक मल व्यवस्था गर्न आग्रह

काठमाडौं,असार ४ ;खेतीपाती गर्ने याममा रसायनिक मल उपलब्ध गराउन नसकेको सरकारलाई अभियन्ताहरूले तत्काल समस्या समाधान निम्ति आग्रह गरेका छन् । तत्कालका लागि रसायनिक र दीर्घकालका लागि जैविक मल व्यवस्था गर्न खाद्यका लागि कृषि अभियानले सरकारसँग आग्रह गरेको हो । यतिखेर कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था जस्ता संवैधानिक हकको उपेक्षा गरिएको अभियानका संयोजक उद्धव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आम किसानको खेतिपातीलाई नभै नहुने मल समेतको उचित बन्दोबस्त भएको छैन । उहिलेदेखि अहिलेसम्मका सरकारले घातक भएपनि न रसायनिक मलको बन्दोबस्त गर्न सके न त्यसको सकिने विकल्प खोज्नतिर लागें’ विज्ञप्तिमा लेखिएको छ, ‘किसान अहिले यताका न उताका भएका छन् । जैविक दिशामा जानुको विकल्प छैन । यही मात्र दीर्घकालीन समाधान हो ।’

खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत अकल्पनीय प्रभाव पार्ने मल समयमै नपाउने कुरा कुनै बहानामा क्षम्य नभएको र यस्तो महत्वपूर्ण सवालमा समेत सम्बन्धित जिम्मेवार संस्था तथा व्यक्तिले समयमै चासो नदिनु सरकारको निकम्मापन र अक्षमताको परकाष्ठा भएको पनि सो अभियानले आरोप लगाएको छ ।

सरकार र सरोकारवालाले मलको दीर्घकालीन समाधान खोज्न, रसायन र विषादीको दुष्परिणाम घटाउँदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउनेतर्फ ख्याल गर्न आग्रह गरिएको छ ।

 

-रातोपाटी

3630
Shares

ट्रेन्डिङ