सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा झर्‍यो

सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा झर्‍यो

4455
Shares
सुनको भाउ ८८ हजार ९ सय रुपैयाँमा झर्‍यो

काठमाडौं,असार ४ ;सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो ।

यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।

-रातोपाटी

4455
Shares

ट्रेन्डिङ