सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रे माझीफेदाबाट समाजसेवी पवित्रा लामा क्षेत्रीय प्रतिनिधीमा सर्वसम्मत निर्वाचित

काभ्रे माझीफेदाबाट समाजसेवी पवित्रा लामा क्षेत्रीय प्रतिनिधीमा सर्वसम्मत निर्वाचित

3545
Shares
काभ्रे माझीफेदाबाट समाजसेवी पवित्रा लामा क्षेत्रीय प्रतिनिधीमा सर्वसम्मत निर्वाचित

काभ्रे, ५ असाेज : काभ्रेको चौंरीदेउराली गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधीमा पवित्रा लामा सर्वसम्मत चयन भएकी छन् । आज काभ्रेमा भएको काँग्रेसको वडा अधिवेशनबाट लामा चौंरीदेउराली गाउँपालिका वडा नम्बर ३ माझीफेदाबाट सर्वसम्मत निर्वाचित भएकी हुन् ।

पवित्रा सहित पाँच जना महिला र एकजना अपांग सहित नारायण थोकरको नेतृत्वमा १७ जना कार्यसमिति बनेको हो । ती मध्ये महिलामा पवित्रा लामा, लालमाया लामा, लक्ष्मी लामा, सीता लामा, संगीता लामा र अपांगमा विर बहादुर लामा चयन भएका छन् ।

पवित्रा लामा लामो समयदेखि समाजसेवीको रुपमा सक्रिय रहेकी छन्। उनी वेवारिसे लाशहरुको दाहसंस्कार गर्ने कार्यमा निरन्तर लागिरहेकी छन् ।

3545
Shares

ट्रेन्डिङ