सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पत्रकार महासंघ काभ्रेका ३ पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष निर्वाचित

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पत्रकार महासंघ काभ्रेका ३ पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष निर्वाचित

9145
Shares
कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पत्रकार महासंघ काभ्रेका ३ पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष निर्वाचित

काभ्रे : नेपाली कांग्रेस काभ्रेको वडा अधिवेशनबाट पत्रकार महासंघ काभ्रे शाखाका ३ पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष निर्वाचित हुनु भएको छ । मङ्गलबार सकिएको वडा अधिवेशनबाट ३ पूर्व अध्यक्ष र बर्तमान अध्यक्ष क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने पत्रकार महासंघ काभ्रे शाखाको पूर्व अध्यक्षहरूमा धुलिखेल नगरपालिका वडा नम्बर ११ बाट इश्वरी ओझा, पनौती नगरपालिका वडा नम्बर ११ बाट महेश पौडेल, पनौती नगरपालिका वडा नम्बर ६ बाट नारायण सापकोटा रहनुभएको छ ।

त्यसैगरी धुलिखेल नगरपालिका वडा नम्बर ११ बाटै नेपाल पत्रकार महासंघ काभ्रेका बर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना नेपाली कांग्रेस काभ्रेका क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको छ । पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोला थापा पनौती नगरपालीका वडा नम्बर ५ बाट भोला थापा पराजित हुनुभएको छ ।

9145
Shares

ट्रेन्डिङ