सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेलमा कांग्रेस संस्थापन पक्षले लगायो निर्वाचन स्थलमा ताला

धुलिखेलमा कांग्रेस संस्थापन पक्षले लगायो निर्वाचन स्थलमा ताला

8900
Shares
धुलिखेलमा कांग्रेस संस्थापन पक्षले लगायो निर्वाचन स्थलमा ताला

काभ्रेको धुलिखेल नगरपालिकामा कांग्रेसको निर्वाचन स्थलमा तालाबन्दी गरिएको छ । संस्थापनले पक्षले बिहानै निर्वाचन स्थल धुलिखेल पार्टी प्यालेसमा तालाबन्दी गरेको हो ।

नगरसभा मञ्जु कुमार कोजुको नेतृत्व टोलीले तालाबन्दी गरेको हो । कोजु जिल्ला सभापति मधु आचार्य प्यानलबाट नगरसभापतिका उम्मेदवार हुन् । हिजो राति अबेर सभापति मधु आचार्यले पत्रकार सम्मेलन गरेर आज तय गरेको पालिका अधिवेशन रोक्न आग्रह गर्नुभएको थियो ।

तालाबन्दी गर्दै नगर सभापतिका उम्मेदवार कोजुले फेसबुकमा लेखेका लेख्नुभएको छ ‘आज हुने नगर अधिवेशन लोकतान्त्रिक मुल्य मान्यता बिपरित हुने भएकोले साथै नेपाली कांग्रेस जिल्लाका शिर्ष नेताहरुको निर्णयले आजको निर्बाचन नगर्ने र केही दिन पछि गर्ने गराउने जानकारी प्राप्त भएको निर्णयलाई बेवास्ता गरि एक पक्षीय ढंगले जबरजस्ती निर्बाचन गराउने देखिएको हुनाले हामी सम्पूर्ण क्रियाशील साथिहरुले बिरोध गर्दै निर्बाचन स्थलमा ताला बन्दि गरिदै ।

8900
Shares

ट्रेन्डिङ