सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रेमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

27025
Shares
काभ्रेमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रे, ९ असोज : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रवार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताए । मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

27025
Shares

ट्रेन्डिङ