सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेस उपसभापति सवार जिप दुर्घटना, ५ जना घाइते

कांग्रेस उपसभापति सवार जिप दुर्घटना, ५ जना घाइते

4275
Shares
कांग्रेस उपसभापति  सवार जिप दुर्घटना, ५ जना घाइते

रामेछाप : सुनापति गाउँपालिकामा शनिबार साँझ कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानलगायत ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२४ च १४४० नम्बरको बलेरो जिप सुनापति ४ बेथानको पानीघाट नजिक भिरबाट खसेको थियो ।

जिपमा सवार ५ जनामध्ये मोक्तान र शारदा खत्रीको अवस्था गम्भीर छ । अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । कांग्रेसको आइतबार हुने पालिकास्तरको अधिवेशनमा भाग उनीहरु हिलेदेवीतर्फ जाँदै थिए ।

4275
Shares

ट्रेन्डिङ