सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको ५ पालिकामा कोरोना संक्रमित शुन्य

काभ्रेको ५ पालिकामा कोरोना संक्रमित शुन्य

3915
Shares
काभ्रेको ५ पालिकामा कोरोना संक्रमित शुन्य

काभ्रे : काभ्रेको १३ मध्ये ५ वटा स्थानीय तहमा को रोना भाईरसका संक्र मितको संख्या शुन्यमा पुगेको छ । पछिल्लो समय देशब्यापी रुपमा संक्र मण कम भैरहेको बेला काभ्रेका ५ वटा स्थानीय तहमा संक्र मितको संख्या शुन्यमा पुगेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार सं क्रमित शुन्य भएका स्थानीय तहमा चौरीदेराली, भुम्लु, तेमाल, रोशी र खानीखोला गाउँपालिका रहेका छन् । यी स्थानीय तहमा सक्रिय संक्र मितको संख्या एक जना पनि छैनन् ।

जिल्लाको नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकामा १/१ जना मात्रै सक्रिय सं क्र मित रहेका छन् । त्यसैगरि मण्डनदेउपुर नगरपालिकामा २ जना, पनौती नगरपालिका ७ जना, बेथानचोक गाउँपालिकामा ९ जना, पाँचखाल नगरपालिकामा १२ जना, धुलिखेल नगरपालिकाकामा २२ जना र बनेपा नगरपालिकामा ३१ जना सक्रिय सं क्रमित रहेका छन् ।

जिल्लाभर जम्मा ८५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । जसमा होम आईसोलेसनमा ७९ जना रहेका छन् भने बाँकी ६ जना अस्पतालको आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो ।

3915
Shares

ट्रेन्डिङ