सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा शिक्षकद्वारा बिद्यार्थीमाथि निर्घात कुटपिट

काभ्रेमा शिक्षकद्वारा बिद्यार्थीमाथि निर्घात कुटपिट

45935
Shares
काभ्रेमा शिक्षकद्वारा बिद्यार्थीमाथि निर्घात कुटपिट

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय माध्यामिक विद्यालयका शिक्षक सुरज सन्जेलले विद्यार्थीमाथि निर्घात कु टपि ट गरेको खुलासा भएको छ । कक्षा ९ मा पढ्ने बिद्यार्थीलाई शिक्षक विज्ञान शिक्षक सन्जेलले निर्घात कु टपि ट गरेका गर्नुभएको हो ।

अरुणोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक निर्मला खड्काले शिक्षक सन्जेलले सामान्य कु टपि ट भएको बताउनुभयो । ‘सन्जेल सरले पढाएका कुनै बालबालिका अहिलेसम्म अनुत्तीर्ण भएका छैनन् । उहाँ आएदेखि पठनपाठन निकै सुधार पनि भएको छ । सामान्य कु टपि ट भएको हो । सामाजिक सञ्जालमा धेरै बढाई चढाई प्रचार गरियो । अभिभावकसंग छलफल गरेर विद्यार्थी विद्यालय फर्कि सकेका छन्, प्रधानाध्यापक खड्काले भन्नुभयो ।’

असोज ८ गते नै शिक्षक सन्जेलले विद्यार्थीमाथि लौरोले हानेर सुम्लो उठ्ने गरी नि र्घात कु टपि ट गरेको तस्बिरहरु सामाजिक सञ्जालमा भाईरस भएको छ । अरुणोदय माध्यामिक विद्यालयमा शिक्षक सन्जेल मेहेनतीका रूपमा पनि चिनिनुहुन्छ ।

सार्वजनिक फोटो अनुसार बिनोद पहरी र मनिषा पहरीको शरीरमा निल ढाम देखिन्छ । ‘हाम्रो विद्यालयमा भौतिक रूपमै पठनपाठन भैरहेको छ । ७ गते सरले विज्ञान विषयको क्लस टेस्ट लिनु भएको रहेछ । घरमा गएर कापी चेक गर्दा कक्षा कोठाको पढाए र विद्यार्थीको लेखाईबीच तालमेल मिलेन । सामाजिक सञ्जालमा फोटो राखिएका विद्यार्थी पठाईमा राम्रो मानिन्छन् । सरले सम्झाउने क्रममा सामान्य पिट्नु भएको हो, प्रधानाध्यापक खड्काले भन्नुभयो ।

45935
Shares

ट्रेन्डिङ