सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुदमा समानता, एन्फाले राखेको मानक

खेलकुदमा समानता, एन्फाले राखेको मानक

4360
Shares
खेलकुदमा समानता, एन्फाले राखेको मानक

नेपाली खेलकुदमा नै तरगं ल्याउने एन्फाको स्वागत योग्य कदममा सबै खुसी देखिन्छन् । जहाँ रेनुकाले भने जस्तै समानताको सोच खुसीको खबर र नेपाली खेलकुदका लागि नै सुखद संकेत हो । मैदानमा उत्रदा महिला र पुरुष खेलाडीले गर्ने मिहिनेत, बगाउने पसिना, खर्चिने समय र अन्तर्राष्ट्रिय नियमको पालना उस्तै हो । यसमा भिन्नता छैन ।

राष्ट्रको प्रतिनिधित्व गर्दै नेपालको झन्डा फहराउँदा सम्पूर्ण देशवासी समान रूपमै गर्व महसुस गर्छन् । पुरूष वा महिला खेलाडी कसले पदक जित्यो भनेर तुलना हुँदैन, त्यो क्षण मात्र नेपाल र नेपालीको हुन्छ।

सन् १९९९ मा एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले देशका लागि जितेको पहिलो रजत पदक, छनोट चरण पार गरेर २००४ को ओलम्पिक खेल्ने तेक्वान्दोकी संगिना वैद्य हुन् वा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा सर्वाधिक ४ स्वर्ण पदक जित्ने गौरिका सिंह । यी महिला खेलाडीले‌ दिलाएको ऐतिहासिक सफलतामा हरेक नेपालीले गर्व गरेका छन् । यी त नेपाली खेलकुदका केहि उदाहरण मात्र हुन् ।

नतिजाकै आधार हेर्ने हो भने महिला खेलाडी एक कदम अगाडि छन् । यति हुदा हुदैपनि स्पष्ट भिन्नता र असमानता नेपाली खेलकुदले वेहोर्दै आएको तितो यथार्थ हो । जुन आज पनि कायमै छ । प्रशिक्षण, प्रतियोगिता,अवसर र पुरस्कार राशीमा पुरूष र महिला खेलाडीमा ठूलो अन्तर छ । यो अन्तर र असमानता नेपाली खेलकुदमा मात्र होइन विकसित राष्ट्रमा पनि छ । तर, सिमित नै भएपनि केहि राष्ट्रले समानताको कदम चाल्न सुरु गरिसकेका छन् । पछिल्लो निर्णयले अब एन्फा पनि त्यहि बाटोमा अघि बढेको देखिन्छ ।

नेपाली खेलकुदमा राष्ट्रिय फुटबल र क्रिकेटका खेलाडीले मासिक पारिश्रमिक पाउँदै आएका छन् । महिला क्रिकेटरको हालैबाट मात्रै लागू भएको हो । त्यसबाहेक मासिक पारिश्रमिक पाउने भनेको तीन विभागिय टोली (सेना, पुलिस र शसस्त्र प्रहरी ) मा आबद्ध खेलाडी हुन् । उनीहरुले खेलाडी भन्दा पनि सम्बन्धित विभागमा जागिरे भएका कारण पारिश्रमिक पाउने हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २ सय भन्दा बढी राष्ट्रिय संघहरु दर्ता छन् । त्यसमध्ये दुईवटा संघले मात्र नियमित पारिश्रमिक दिनु नेपाली खेलकुदको बिडम्बना र खेलाडीको दुर्भाग्य नै मान्नुपर्छ । फुटबल र क्रिकेटमा पनि सम्बन्धित अन्तर्राष्ट्रिय निकायको अनुदान नहुने हो भने तीनले पनि पाउने नपाउनेमा शंका गर्ने ठाँउ रहन्छ ।

एक दुई खेलमा बाहेक खेलाडीहरु विना पारिश्रमिक खेलिरहँदा, लाचार र मुकदर्शक छन् खेलकुद मन्त्रालय, राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) । नियमित आम्दानीको श्रोत विना पनि खेलाडीले नतिजा दिएका छन् । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सिमित बाहेक खेलाडीका लागि सेवा सुविधा त आकाशको फल आँखा तरी मर जस्तै हो ।

यो दयनीय असमानता र विभेदको अवस्थामा आशाको त्यान्द्रो, एन्फाले दिलाएको छ। बिहिबार महिला र पुरुष खेलाडीहरूलाई समान पारिश्रमिकको निर्णय मार्फत । जसले एउटा उत्साह र आशाको सञ्चार पक्कै छरेको छ । यो खबर सार्वजनिक भएपछि केहि खेलाडीले भने पत्याउनै गाह्रो भएको समेत बताएका छन् ।

कप्तान रेनुकाले नै खबरलाई पत्याउन सकिनन् । साथीहरूसँग सोधेर मात्र ढुक्क भइन् । राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले एन्फाको पछिल्लो निर्णयले आफूहरु हर्षित हुनु स्वभाविक भएको बताइन् । उनी र अधिकांश खेलाडीले थप जिम्मेवारी महसुस गरेको सुनाइन् । उनले भनिन्, ‘एन्फाको निर्णयपछि अब हामीले नतिजा दिन सक्नुपर्छ ।’

4360
Shares

ट्रेन्डिङ