सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काँग्रेस महाधिवेशन : हजुरबुबालाई हराए नातिले

काँग्रेस महाधिवेशन : हजुरबुबालाई हराए नातिले

4400
Shares
काँग्रेस महाधिवेशन : हजुरबुबालाई हराए नातिले

बेलडाँडी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नातिले हजुरबुबालाई हराएका छन् । नेपाली काँग्रेस बेलडाँडी गाउँपालिकाको सभापतिमा नाति गज बहादुर विष्ट निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न भएको निर्वाचनमा विष्टले आफ्ना प्रतिस्पर्धी हजुरबुबा पृत बहादुर बिष्टलाई ८ मतको अन्तरले हराउँदै बेलडाँडी काँग्रेस सभापतिमा चयन भएका हुन । नाति गज बहादुर विष्टले ४५ मत पाउँदा हजुरबुबा पृत बहादुर विष्टले ३७ मत ल्याएका थिए ।

निर्वाचित नाति गज बहादुर विष्ट संस्थापन दिवान विष्ट नजिकका नेता हुन् भने पराजित हजुरबुबा पृत बहादुर विष्ट संस्थापन भए पनि अहिले एनपी साउद पक्षको समर्थन पाएका थिए । सभापतिका उम्मेदवार बिष्टद्वय बाजेनाती हुन् । प्यानल फरक भएकाले उनीहरू चुनावी मैदानमा होमिएका थिए ।

4400
Shares

ट्रेन्डिङ