सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यु एम साकोसको दशौँ साधारण सभा १६ गते सम्पन्न हुने

यु एम साकोसको दशौँ साधारण सभा १६ गते सम्पन्न हुने

4825
Shares
यु एम साकोसको दशौँ साधारण सभा १६ गते सम्पन्न हुने

काभ्रे: यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा गरेको छ । आफ्नो सेवा केन्द्र भकुण्डे , पाँचखाल ,पनौती,खाडिचौर, चौतारा र बाह्रबिसेबाटएकै साथ साधारण सभा सुरु गरेको हो । भकुण्डे शाखामा नमोबुद्ध नगरपालिका ७ का वडाध्यक्ष धर्मसिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

स्थानीय जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सेयर सदस्यहरु उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी लामाले सहकारीको विकासले एक किसान र विपन्न वर्गमा परेको फाइदाको बारेमा स्पष्ट पारेका थिए । सभामा सहकारीलाइ सेवा पुर्याउने र सहकारिका उत्कृष्ट बाल बचत, असल ऋणि, दैनिक बचत र जेष्ठ नागरिकलाई विभिन्न विधामा सम्मान प्रदान गरेको छ ।

भकुण्डे अन्तर्गत उत्कृष्ट वालवचत तर्फ रिशिका तिमल्सिना , उत्कृष्ट दैनिक वचत तर्फ रामभक्त श्रेष्ठ , असलि ऋणि अन्तर्गत लिलामाया तामाङ र जेष्ठ नागरिक सम्मान अन्तर्गत छायादेवि हुमागाईले सम्मान पाएका छन् । त्यस्तै पाँचखालबाट बाल बचतमा रियाना प्रधान, असल ऋणि बिनायक पौडेल, बचत कर्ता उत्कृष्ट बाट सरस्वती श्रेष्ठ र जेष्ठ नागरिक बाट ज्ञानि माया श्रेष्ठले सम्मान पाएका छन ।

खाडिचौरमा जेष्ठ नागरिकतर्फ हरि प्रसाद प्रधान,बाल बचततर्फ इनान पराजुली, उत्कृष्ट बचततर्फ शुभ लक्ष्मी श्रेष्ठ, र असल ऋणि छेत्र बहादुर श्रेष्ठ रहेका छन । यस्तै चौतारामा जेष्ठ नागरिकतर्फ धन बहादुर श्रेष्ठ, बाल बचत तर्फ पुष्कर श्रेष्ठ, असल ऋणि तर्फ उमेश कुमार श्रेष्ठ र उत्कृष्ट बचततर्फ नरेन्द्र थापा रहेका छन । यहि असोज १० गते देखि सुरु भएको सभा १६ गते सम्म चल्ने छ ।

4825
Shares

ट्रेन्डिङ