सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुँदै

धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुँदै

4565
Shares
धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुँदै

काभ्रे: धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ। बिजया दशमी-२०७८ को शुभ अवसरमा Batch No.2065 धुलिखेको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित रोयल फुट्सल बखुण्डोलमा यहि असोज २३ गते हुनेछ।

प्रतियितामा प्रथम हुने टीमले नगद रु. १ लाख रुपैंया हात पार्ने छ भने दोश्रो हुनेले नगद ५० हजार प्राप्त गर्ने आयोजकको तर्फबाट रबिन खड्गीले जानकारी दिनुभयो। प्रतियितामा सहभागिताको लागि ५ हजार दर्ता शुल्क तोकिएको छ। अन्तिम दर्ता मिति असोज २० गतेसम्म तोकिएको छ।

काभ्रे जिल्ला फुटबल संघ र एसआर फुट्सलको प्राविधिक सहयोग रहेको छ। प्रतियिताका खेलहरु गोल नेपाल डटकम, नेवा टिभी एचडी र नेपाल सपोर्ट च्यानलबाट प्रत्येक्ष प्रशारण हुने आयोजकले जाकारी दिएको छ। थप जानाकारीकोलागि सम्पर्क न:- ९८४९५७९५५३,९८४११०५२४७ मा फोन गर्न सकिने छ।

4565
Shares

ट्रेन्डिङ