सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कविताको पुनरागमन प्रयास, श्रीमानको प्रशिक्षण

कविताको पुनरागमन प्रयास, श्रीमानको प्रशिक्षण

4580
Shares
कविताको पुनरागमन प्रयास, श्रीमानको प्रशिक्षण

कविता सन् २०१२ मा कुवेतमा भएको एसीसी यू१९ वुमन्स च्याम्पियन्स मा नेपालले उपाधि जित्दा टोलीको उप कप्तान थिइन् ।

रुविना क्षेत्रीको कप्तानीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा कविताले प्रभावशाली प्रदर्शन गरिन् ।

त्यसै प्रदर्शनलाई निरन्तरता दिँदै कविताले सन् २०१४ मा थाइल्यान्ड नेपालको सिनियर टोलीबाट कविताले खेलेकी थिइन् ।

त्यसबेला उनले चीन र हङकङसँग मैदान उत्रने अवसर पाएकी थिइन् ।

पछिल्लो पटक वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि कविता १३ औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटमा परेकी थिइन् ।

तर त्यसबेला पारिवारिक कारणले उनी छनोटमा सहभागी हुन पाइनन् ।

‘म सागको सुरुवाती ३५ खेलाडीमा थिएँ । पारिवारीक समस्याको कारण बन्द प्रशिक्षणमा आउन पाँइन ।

आएको भए राम्रो गर्थे होला । अहिले आफुलाई पछुतो लागि रहेको छ,’ उनले निराश हुँदै सुनाइन् ।

त्यसो त राष्ट्रिय टोलीमा पुनरागमन गर्नुअघि नै उनले पुनरागमनको बलियो उदाहरण पेश गरिसकेकी छिन् ।

डब्लूसिएलमा उत्कृट बलर घोषित कविता प्रतियोगिताको ड्राफ्टमा (खेलाडी छनोट प्रक्रिया) भने छनोट भएकी थिइनन् ।

२७ वर्षीय कविताले ड्राफ्टमा नाम नआएपछि प्रतियोगिता खेल्ने कल्पना पनि गरेकी थिइनन् ।

मध्यगतिकी बलर कविता डाफ्ट्रमा कुनैपनि टोलीमा नपर्दा साह्रै निराश बनिन् । तर चितवन राइनोजले सरु पुन टोलीमा अनुपस्थित हुने भएपछि कवितालाई उनको स्थानमा बोलायो ।

तीनै कविता डब्लूसिएलमा सर्वाधिक विकेट लिने खेलाडी बन्दै प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भइन् ।

कविताको पुनरागमन मात्र नभएर नेपालमा प्रतिभावान खेलाडीले अवसर पाउन सकेका छैनन् भन्ने उदारण पनि यसले राख्यो ।

चितवनले ड्राफ्टमा छनोट गरेकी सरुको हात भाचिँएपछि कप्तान इन्दु वर्माले कवितालाई टोलीमा सामेल हुन फोन गरेकी थिइन् ।

जुन फोनपछि कवितामा खुसी सिमना रहेन । टोलीमा छनोट हुनुको खुसी त थियो नै, उनको मनमा एउटा इख पनि पलायो ।

ड्राफ्टमा आफ्नो नाम नलिने अन्य सबै टोलीविरुद्ध उत्कृष्ट प्रर्दशन गर्ने अठोट उनले लिइन् ।

प्रशिक्षणमा निकै मिहिनेत गरेकी कविताको प्रर्दशन पनि गजबको रहयो । चितवनले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्दा कविताको प्रर्दशन उत्कृष्ट रह्यो ।

कविताले पहिलो खेलमै क्याट क्विन्स काठमाडौंविरुद्ध ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट लिइन् ।

दोस्रो खेलमा कविताले ललितपुर फाल्कोन्सविरुद्ध अझ उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।

उत्कृष्ट लयलाई निरन्तरता दिएकी उनले पोखरा पल्टनविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट हात चट्काइन् ।

विराटनगर टाइटन्सलाई ५३ रनले हराउने क्रममा कविताले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच घोषित भइन् ।

फाइनलमा काठमाडौंविरुद्ध विकेट हात नपारे पनि ४ ओभरमा मात्र १२ रन खर्चिदै उपाधि यात्रा सहज बनाएकी थिइन् ।

सम्रगमा कविताले ५ खेलमा १९ ओभर बलिङ गर्दै ३.४२ को इकोनमीमा रन खर्चेर १० विकेट लिदै उत्कृष्ट बलर चुनिइन् ।

डब्लूसिएलको प्रर्दशनले कविता मनोबल बढेको बताउँछिन् । ‘ इतिहासकै पहिलो महिला फ्रेन्चाइज लिगमा खेल्न पाउनु नै ठूलो अवसर थियो ।

मैले आफ्नो उत्कृष्ट प्रर्दशनमा टोलीलाई फाइनलमा पुर्याउछु भन्ने सोचेको थिएँ र पूरा पनि भयो ।

सबैभन्दा ठूलो लक्ष्य मलाई ड्राफ्ट नलिने टिमलाई पछुताउने गराउने इगो थियो’,उनले भनिन् ।

4580
Shares

ट्रेन्डिङ