सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाको सिपाघाटमा खोप र गाउँ घर क्लिनिक केन्द्र उदघाटन

मण्डनदेउपुर नगरपालिकाको सिपाघाटमा खोप र गाउँ घर क्लिनिक केन्द्र उदघाटन

4550
Shares
मण्डनदेउपुर नगरपालिकाको सिपाघाटमा खोप र गाउँ घर क्लिनिक केन्द्र उदघाटन

काभ्रेको मण्डनदेउपुर वडा नम्बर ६ को सिपाघाटमा खोप तथा गाउँ घर क्लिनिक केन्द्र उदघाटन गरिएको छ । नगरप्रमुख टोक बहादुर वाईबाले खोप तथा गाउँ घर क्लिनिक केन्द्रको आज उदघाट गर्नु भएको हो ।

नगरप्रमुख वाईबाले २ कोठे खोप खोप तथा गाउँ घर क्लिनिक केन्द्र उदघाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, नगरपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद ढकाल, जनप्रतिनिधि, स्थानीय शाखा प्रमुख दिपक घिमिरे, स्वास्थ्यकर्मी लगायत सहभागी हुनुभएको थियो ।

खोप तथा गाउँ घर क्लिनिक केन्द्र सञ्चालनमा आएसंगै खोप लगाउन सजिलो भएको छ । ढाँडखोला सिफाघाटमा अत्याधिक जनसंख्या बढ्दो छ । त्यसैलाई मध्यनजर गर्दै खोप तथा गाउँ घर क्लिनिक केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।

4550
Shares

ट्रेन्डिङ