सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

5220
Shares
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

प्रदेश २ ले २०७५ साल मंसिरबाट सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि साइकल खरिदमा करोडौं रुपैयाँको अनियमितता भएको सूचनाका आधारमा आयोगले छापा मारेको अख्तियार स्रोतले जनाएको छ । आयोगले मुख्यमन्त्री कार्यालयका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

5220
Shares

ट्रेन्डिङ