सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुर वडा नम्बर ६ को वडाभवन शिलान्यास

काभ्रेको मण्डनदेउपुर वडा नम्बर ६ को वडाभवन शिलान्यास

4080
Shares
काभ्रेको मण्डनदेउपुर वडा नम्बर ६ को वडाभवन शिलान्यास

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ को नयाँ भवन बन्ने भएको छ । भवनको नगरप्रमुख टोक बहादुर वाईबाले शिलान्यास गर्नुभएको हो । वडा नम्बर ६ को डुम्रेडाँडामा वडा भवन निर्माण सुरु गरिएको हो । एउटा हल सहितको ३ कोठे भवन हुने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिनुभयो ।

करिब ७० लाख रूपैयाँ बजेटमा वडा भवन निर्माण हुनेछ । ठेकेदार मार्फत निर्माण सुरु गरिएको भवन २०७९ साल बैशाख महिनाभित्र सकिने वडा आचार्यले बताउनुभयो ।यस्तै भवन वडा नम्बर १ को पनि बन्ने छ । टेण्डर प्रक्रियामा छिट्टै जाने र भवन निर्माण थालिने प्रवक्ता समेत रहनुभएका वडा आचार्यले बताउनुभयो ।

नगरपालिकाको मुख्य प्रशासनिक भवन पनि धमाधम बनिरहेको छ । काभ्रे जिल्लाको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले भाँडाकै घरबाट आफ्नो नियमित सेवा प्रवाह गर्दै आएको छ । यो बर्षभित्र पनि नयाँ भवनमा सर्ने गरी काम भैरहेको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।

4080
Shares

ट्रेन्डिङ