सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको खेपासीमा नगरस्तरीय अस्पताल बन्दै

काभ्रेको खेपासीमा नगरस्तरीय अस्पताल बन्दै

पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास

9255
Shares
काभ्रेको खेपासीमा नगरस्तरीय अस्पताल बन्दै

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० खेपासीमा नगरस्तरीय अस्पताल स्तरीय अस्पताल बन्ने भएको छ । अस्पतालको आज पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण मार्फत भारत सरकारको आर्थिक सहयोगमा खोपासी प्राथामिक उपचार केन्द्रको पुनः निर्माण गर्न लागिएको हो । खोपासी प्राथामिक उपचार केन्द्र २०७२ साल बैशाख १२ गते र त्यसपछिका भुकम्पले क्षति पुगेको थियो।

२५ बेड क्षमताको अस्पताल निर्माण हुनेछ । अस्पताल १० करोड लागतमा निर्माण हुने नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो । अब यो नगरस्तीय अस्पतालमा परिणत भएको छ । अस्पताल निर्माणका लागि स्थानीयहरुले १६ रोपनी जग्गा दान दिएका छन् । अस्पताल १८ महिनाभित्र निर्माण पुरा हुने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

पनौती सहित काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक र खानीखोला गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा अधिकांश बिरामी स्वास्थ्य उपचारका लागि धुलिखेल, बनेपा लगायतका सहरका अस्पताल धाउन बाध्य छन् ।

9255
Shares

ट्रेन्डिङ