सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा बजार अनुगमन : सटर बन्द, व्यवसायीको भागभाग

काभ्रेमा बजार अनुगमन : सटर बन्द, व्यवसायीको भागभाग

18515
Shares
काभ्रेमा बजार अनुगमन : सटर बन्द, व्यवसायीको भागभाग

काभ्रे । चाडपर्व लक्षित गरेर आज पनौती बजार क्षेत्र अनुगमन गरिएको छ। अनुगमन टोलि आएको खबर पाएपछी पनौतीका व्यवसायीले सटर बन्द गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा पनौती बजारका मासु पसल, किराना पसल, होटल, डेरी, औषधी पसल र एग्रोभेट पसल अनुगमन गरिएको थियो।

पनौती नगरपालिका वडा नम्बर-४ ठाडोबाटो चोकमा रहेको जय माँ भगवती किराना पसल अनुगमन टोली आएपछि बन्द गरिरहेको अवस्थामा फेला पारेको थियो। अनुगमन टोली पुन उक्त पसल खोल्न लगाएर अनुगमन गरेको थियो । उक्त पसलले मूल्य सूचि विनै खाद्यन्न लगायतका सामानहरु बिक्री गरिरहेको पाइयो अनुगमन समितिका सदस्य सचिव एवम् घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनुभयो।

पनौती नमोबुद्ध तर्फको बजार, कुशादेबी जाने बाटोका अधिकांस पसलका सटर अनुगमन टोली आएको जानकारी पाएसँगै सटर बन्द गर्न दौड मछिएको थियो। पनौतीमा आज १३ वटा पसलको अनुगमन गरिएको पुडासैनीले जानकारी दिनुभयो । होटल तथा मासु पसलहरु सरसफाइमा नरहेको, भान्सामा टावल नरहेको, व्यवसाय नविकरण नभएको लगायतका समस्या देखिएको थियो ।

त्यस्तै कुशादेबी जाने तर्फ रहेको कर्माचार्य फर्मा बाट म्याद नाघेका औषधीहरु फेला पारी नष्ट गरिएको छ। म्याद नाघेका ३२ बोटल विभिन्न औषधि र दुइ पत्ता चक्की औषधि अनुगमनका क्रममा फेला पारिएको थियो।

अनुगमन टोलीमा सहायक प्रजिअ सुनुवार, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ डा. मगोल प्रसाद शाह, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, इलाका प्रह री कार्यालय बनेपका प्रह री निरीक्षक राजन कोइराला, पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष भरतचरण श्रेष्ठ, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

18515
Shares

ट्रेन्डिङ