सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेस काभ्रेको महाभारत गाउँपालिका अधिवेशन आज

कांग्रेस काभ्रेको महाभारत गाउँपालिका अधिवेशन आज

4080
Shares
कांग्रेस काभ्रेको महाभारत गाउँपालिका अधिवेशन आज

काभ्रे : प्राविधिक कारण स्थगित काभ्रे कांग्रेसको महाभारत गाउँपालिकामा अधिवेशन आज हुँदैछ । जिल्ला १२ मध्ये १२ वटा स्थानीय तहमा असोज ९ गते नै गाउँ/नगर अधिवेशन भएको थियो । महाभारत गाउँपालिका अधिवेशन सर्बसम्मत सभापति नपाउने निश्चित छ ।

स्रोतका अनुसार लवाङ लामा र सागर लामा प्यानल बीच प्रतिस्पर्धा हुनेछ । लवाङ लामा निर्वाचन क्षेत्र नम्बर १ मा तीर्थ लामा र जिल्ला तहमा पूर्व जिल्ला सभापति शिव हुमागाई पक्षका हुनुहुन्छ । सागर लामा सभापति मधु आचार्य पक्षका हुनुहुन्छ ।

१२ वटा स्थानीय तहमा अधिवेशन सकाएको कांग्रेस काभ्रेको मत परिणाम अनुसार पूर्व जिल्ला हुमागाईं समूह निकै बलियो देखिएको छ । जिल्ला सभापति आचार्य पक्ष भने रक्षात्मक अवस्थामा पुगेको छ ।

महाभारत गाउँपालिकामा कांग्रेसको संगठन राम्रो मानिन्छ । तर पनि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको थियो ।

4080
Shares

ट्रेन्डिङ