सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • रामेछाप काँग्रेस अधिवेशनः क्रियाशील पत्रकार नै उम्मेद्वार,जिते नेता,हारे पत्रकार

रामेछाप काँग्रेस अधिवेशनः क्रियाशील पत्रकार नै उम्मेद्वार,जिते नेता,हारे पत्रकार

4970
Shares
रामेछाप काँग्रेस अधिवेशनः क्रियाशील पत्रकार नै उम्मेद्वार,जिते नेता,हारे पत्रकार

बागमती प्रदेश अन्तर्गतको रामेछाप जिल्लामा अन्य जिल्लामा जस्तै नेपाली काँग्रेस १४ औँ महाविधेशनले झपक्कै छोएको छ । जिल्लामा वडा र पालिका तहका अधिवेशन सकिएको छ ।

निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको तयारीका रामेछाप काँग्रेस जुटिरहेको छ । जिल्लाका आधा दर्जन बढि पत्रकारले पनि काँग्रेसको अधिवेशनमा उमेद्धारी दिएका छन् ।

‘क्रियाशील’ दाबी गर्ने पत्रकारहरु उम्मेद्वार नै बनेका हुन् । पत्रकारहरुको साझा संस्था पत्रकार महासंघमा प्रतिनिधित्व गर्नेहरु नै चुनावी रणमैदानमा उम्मेद्वार नै बनेर उत्रिएका छन् । पत्रकार नै यसरी पार्टीको चुनावमा खुलेयाम उमेद्धार दिन थालेपछि जिल्लामा यसको आलोचना हुँदै आएको छ ।

पत्रकार महासंघका प्रदेश सदस्यदेखि उपाध्यक्ष हुँदै सदस्य सम्मका आधा दर्जन बढि पत्रकार काँग्रेसको महाधिवेशनमा खुलेर लागेका छन् । प्रदेश अधिवेशन प्रतिनिधि प्रदेश ‘ख’ की उम्मेद्वार ज्ञानु श्रेष्ठ पत्रकार महासंघ बागमती प्रदेशकी सदस्य हुन् ।

श्रेष्ठ अहिले काँग्रेसको अधिवेशनमा उम्मेद्वार नै बनेकी छिन् । रीता कुमारी थापामगर पत्रकार महासंघ रामेछापकी उपाध्यक्ष हुन् । उनी प्रदेश ‘क’ को कार्य समिति सदस्यमा उम्मेद्वार छिन् ।

पत्रकार महासंघकी सदस्यसमेत रहेकी अनिता थापामगर पनि काँग्रेसको अधिवेशनमा प्रदेश ‘ख’ को कार्य समिति सदस्य पदमा उम्मेद्वार बनेकी छिन् । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनका जिल्ला शाखा रामेछापमा आवद्ध ८ जना पत्रकारहरु अहिले काँग्रेसको अधिवेशनमा उम्मेद्वार छन् ।

यस विषयमा पत्रकार महासंघ रामेछाप भने मौन छ । नेपाल पत्रकार महासंघको आगामी तीन वर्षे कार्ययोजना अनुसार राजनीति दलको प्रचार विभाग वा प्रेस हेर्ने गरि बनेका समितिहरुमा बाहेक महासंघका सदस्यको हकमा बाहेक राजनितिक दलको कार्यकारी भूमिकामा काम गरिहरेकाहरुको सदस्यता महासंघको विधान अनुसार मान्य नहुने उल्लेख गरिएको छ । यस्ता सदस्यतालाई खारेज गरिने पनि विधानमा उल्लेख छ ।

4970
Shares

ट्रेन्डिङ