सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी थपियो निषेधाज्ञा

काभ्रेमा फेरी थपियो निषेधाज्ञा

22630
Shares
काभ्रेमा फेरी थपियो निषेधाज्ञा

काभ्रेका थप १० दिन निषेधाज्ञा जारी गरिएको छ । एल्लो जोनमा परेको काभ्रे जिल्लामा आज राती १२ बजेदेखि लागू हुने गरी असोज २५ गतेसम्म जारी गरिएको हो ।

कोरोना भाइरसको जोखिमका कारण जिल्लामा पटक पटक थप गरेर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण घट्दै गएपनि सर्वसाधारणको स्वास्थ्यलाई मध्य नजर गर्दै पुनः निषेधाज्ञा थप गरिएको हो । काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

प्रशासनद्वारा आज थपिएको निषेधाज्ञा अनुसार विवाह, व्रतवन्ध तथा सामाजिक रूपमा गरिने सांस्कृतिक जस्ता भिडभाड हुने कार्यक्रममा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

22630
Shares

ट्रेन्डिङ