सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ शुरु

काभ्रेको पाँचखालमा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ शुरु

5135
Shares
काभ्रेको पाँचखालमा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ शुरु

काभ्रे : काभ्रेको पाँचखालमा मानेश्वारा युवा क्लब ‘वडादशैं कप फुटबल प्रतियोगिता’ शुरु गरेको छ । नगरपालिकाको वडा नंं ११ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ बिहाबारबाट शुरु भएको हो । प्रतियोगिताको विहीबार एक कार्यक्रमकाबीच पूर्व राज्यमन्त्री तथा एमाले नेता रेशमबहादुर लामाले उद्धघाटन गरेका थिए ।

खेलमा एन्फा रेफ्री प्रदिप बस्नेतलाई प्रमुख अतिथि लामाले फूटबल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो खेल मानेस्वारा युवा समुह ‘ए’ र प्रगतिशील युवा क्लब थुम्का बिच भएको थियो ।

खेलमा २५ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आयोजक मानेस्वारा युवा समुह ‘ए’ ६–१गोल अन्तरले बिजय भएको थियो । प्रतियोगिता असोज २५ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।

5135
Shares

ट्रेन्डिङ