सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेका मूख्य शहर र नाकामा यात्रु सहायता कक्ष स्थापना

काभ्रेका मूख्य शहर र नाकामा यात्रु सहायता कक्ष स्थापना

5095
Shares
काभ्रेका मूख्य शहर र नाकामा यात्रु सहायता कक्ष स्थापना

काभ्रे : नेपालीहरुको महान पर्व दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रे बनेपाले यात्रु सहायता कक्ष स्थापना गरेको छ । काभ्रेका मुख्य शहर र नाकाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापनमा गरेको हो ।

जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपा,पनौती,पाँचखाल,काभ्रेभन्ज्याङ र मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक प्र ह री कार्यालय प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै जिल्ला हुँदै उपत्यका प्रवेश गर्ने मुख्य नाका साँगामा समेत सहायता कक्ष स्थापना गरिएको उनले जानकारी दिइन् । चाडपर्वमा हुने ठ गी,चो री, दु व्र्यव हार,यात्रुसंग बढि भाडा असुल्ने लगायतका गतिविधि बड्न सक्ने भन्दै जिल्ला ट्राफिक प्र ह री कार्यालय बनेपाले यात्रुको सहजताको लागि उक्त कक्ष स्थापना गरेको हो ।

जिल्लामा कुनै पनि किसिमका समस्या आएमा नजिकको यात्रु सहायता कक्षमा वा १००,१०३ र ९८५११२३८०४ मा सम्पर्क गर्न पनि ट्राफिक प्र ह री कार्यालय बनेपाले आग्रह गरेको छ।

5095
Shares

ट्रेन्डिङ