सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनकुमारी एक सातादेखि सम्पर्कविहीन

मनकुमारी एक सातादेखि सम्पर्कविहीन

4775
Shares
मनकुमारी एक सातादेखि सम्पर्कविहीन

सोलुखुम्बु : एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत २५ वर्षीय मनकुमारी कार्की एक सातादेखि सम्पर्कवि ही न छन्। उनी सोलुखुम्बुको सोताङ गाउँपालिका–१ हुलुकी हुन् । मनकुमारी गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रह री कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका प्र ह री नायब उपरीक्षक कवित कटवालका अनुसार शुक्रबार अपराह्न ४ः२२ बजे मा साथीलाई सन्देश पठाएको र ४ः२५ बजृदेखि मोवाइल अफ भएको छ। मासिक बैठक सञ्चालनका लागि माप्यदुधकोशी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए।

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्र ह री चौकी, इलाका प्र ह री कार्यालय सोताङकाट प्र ह री निरीक्षक नवीन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुका प्रमुख प्र ह री नायब उपरीक्षक कटवालको टोली समेत घ ट नास्थल पुगेको थियो।

अ नु सन्धानको लागि घ ट नास्थल पुगेको कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ। एक सातापछि प्र ह री निरीक्षक राईको टोली समेत फर्केको छ। अहिले प्र ह री चौकी वाकुको टोलीले त्यस क्षेत्रमा खोजी जारी राखेको प्र ह रीले जनाएको छ। घ ट नास्थलबाट फर्केको टोलीले अहिले थप अ नु शसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले बताए।

कसरी हराइन् मनकुमारी?
लघुवित्तको हरेक महिनाको ७ गते बिहान माप्यदुधकोशी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ। बैठकका लागि मनकुमारीसँगै वाकु गएकी कमला बस्नेतका अनुसार असोज ६ गते बुधबार उनीहरु वाकु पुगेका थिए। उनको साथमा ४ लाख १२ हजार रुपैयाँभन्दा बढी रकम रहेको बताइएको छ।

‘७ गते बिहान हाकुलामा बैठक सकेर सोही वडाको सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवै जना पुग्यौं,’ कमलाले भनिन्, ‘बेलुका सोही गाउँको एक जना शेर्पा दाइकोमा बास बस्यौं र भोलिपल्ट फेरि हाकुलानै फर्किंदै गर्दा मनकुमारीले खास्बरी दिदीकोमा किस्ता लिन जान्छु भनेर बीचबाटो बाट तल झर्नुभयो।’

७ गते रातिदेखि आफू बिरामी परेको कमलाले बताइन्। ‘म बिरामी भएकाले गर्दा माथिबाटै भिम दाइकोमा आउँदै थिए, ४ः२२ बजे मा मनकुमारीको म्यासेज आयो भिम दाइकोमा गएर बस्दै गर्नु है भन्ने,’ कमलाले भनिन्, ‘मनकुमारी तलबाट आउँनुहुन्छ भन्ने लाग्यो। म भिम दाइकोमा गएर बसें तर आइनन्। अनि मलाई गाह्रो भएर घर जान बाइक भनें। त्यो बेला सात बज्न लागेको थियो। उनलाई फोन गरेको अफ थियो।’

मनकुमारीको मोवाइल अफ भएपछि गाउँमा हल्ला खल्ला भएको कमलाको भनाई छ। तर पनि आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्र ह रीले फर्काएको उनले बताइन्।

4775
Shares

ट्रेन्डिङ