सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा लामाको पल्लाभारी

काभ्रे काँग्रेसमा लामाको पल्लाभारी

67920
Shares
काभ्रे काँग्रेसमा लामाको पल्लाभारी

काभ्रे : नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत काभ्रेमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । १३ वटा स्थानिय निकायमा गाउँ तथा नगर अधिवेशनबाट अधिकांश गाउँ तथा नगरमा नयाँ अनुहार नेतृत्वमा आएका छन् ।

गाउँ तथा नगर अधिवेशनबाट काभ्रे काँग्रेसमा नयाँ शक्तिको रुपमा नेता तिर्थ लामाको उदय भएको देखिएको छ । यस भन्दा अघिल्लो अधिवेशन सम्ममा काँग्रेस नेता केन्द्रिय सदस्य शिव प्रशाद हुँमागाई र वर्तमान सभापति मधु प्रसाद आचार्यको वर्चश्व रहेको थियो । भने १४ आैं नगर तथा गाउँ अधिवेशनबाट नयाँ शक्तिको रुपमा पूर्व संविधान सभा सदस्य तिर्थ लामाको उदय भएको देखिएको छ ।

सिटौला पक्षमा देखिएका केन्द्रिय सदस्य शिव प्रसाद हुँमागाई पछिल्लो समय देउवा पक्षमा देखिएका छन् । देउवा पक्षमा बलियो पकड बनाएका तिर्थ लामा हुँमागाई देउवा पक्षमा आए संगै शसंकित देखिन्छन् । काभ्रेमा एउटा भनाई छ कि शिव हुँमागाईले हार्न जानेको छैन। प्रतिनिधि सभाको सभापतिमानै उम्मेद्वार बन्ने तयारीमा रहेका लामा आफ्नो पक्षमा पल्ला भारी देखिएपछि जिल्ला सभापतिमा उठ्ने सम्भावना पनि बलियो बन्दै गएको देखिन्छ ।

यता केन्द्रिय सदस्य शिव प्रसाद हुँमागाई पनि जिल्ला सभापतिमा उठ्ने सम्भावना पनि उत्तिकै छ । जिल्लामा रहेका काँग्रेसजनको चाहना शिव प्रसाद हुँमागाईनै उठ्नु पर्नेमा जोड दिईरहेका छन् । केन्द्रिय सदस्य भैसकेको र दुई पटक जिल्ला सभापति भैसकेका हुँमागाई फेरी जिल्लामा सभापति बन्न आउलान या नआउलान त्यो भने प्रतिक्षाको विषय बनेको छ । हाल सम्म उनले आफु जिल्लामा सभापति बन्न आउने कुनै खुलासा गरेका छैनन् ।

काभ्रे काँग्रेसको राजनितिमा खेलाडिका रुपमा चिनिने हुँमागाईले १३ औं अधिवेशनमा मधु प्रसाद आचार्यलाई एकाएक जिल्ला सभापतिको रुपमा अघि सारेर चुनाव जिताएका थिए । यस पटक पनि कतै शिव हुँमागाई यस्तै कुनै योजनामापो छन् की आम चासोको विषय बनेको छ ।

काभ्रे जिल्लाका कांग्रेस नेताहरु केन्द्रिय राजनीतिमा एउटै टिममा भएपनि जिल्लामा केन्द्रिय टिम अनुसार यसअघि केहिल्यै पनि देखिने गरेको पाईदैन । यस अघिको १३ आैं महाधिवेशनमा सिटौला प्यानलका खम्बाका रुपमा रहेका शिव प्रसाद हुँमागाई केन्द्रिय सदस्यको उम्मेदवार भएर मैदानमा उत्रदाँ आफैंले जिल्ला सभापति बनाएका केन्द्रमा रामचन्द्र पौडेल पक्षमा रहेका मधु प्रसाद आचार्यबाट कुनै सहयोग पाउन सकेनन् । आफैंले जिल्ला सभापति बनाएका मधु आचार्यसँग किन शित युद्ध चल्यो अहिले सम्म कसैलाई थाहा छैन ।

१३ वटा गाउँ तथा नगर अधिवेशनबाट तिर्थ लामाको पक्षमा ३ जना, शिव प्रसाद हुँमागाईको पक्षमा ३ जना, मधु प्रसाद आचार्यको पक्षमा २ जना नगर तथा गाउँ सभापति देखिन्छन् । भने अरु गाउँ तथा नगर सभापति नेतृत्वमा आउंदा मिश्रित समिकरण बाट बनेर आएको देखिन्छ ।

कुन नेताकाे पक्षमा, कुन ठाउँमा, काे आयाे ? तिर्थ लामाको पक्षमा
१. भूम्लु गाउँपालिका– दावा लामा
२. चौरी देउराली गाउँपालिका– शेर बहादुर तामाङ
३. तिमाल गाउँपालिका– ज्ञान बहादुर लामा

शिव हुँमागाईको पक्षमा
१. धुलिखेल नगरपालिका – बिदुर बस्नेत
२. बनेपा नगरपालिका– महेश कर्माचार्य
३. पनौती नगरपालिका– रामशरण भन्डारी

मधु प्रसाद आचार्यको पक्षमा
१. पांचखाल नगरपालिका – संजय लामा
२. मन्डन देउपुर नगरपालिका– कस्यप पौडेल

गणेश लामाकाे पक्षमा
१. खानीखोला गाउँपालिका – दोर्जेमान जिम्बा

गणेश लामा + तिर्थ लामा
१. नमोबुद्ध नगरपालिका– कून्साङ लामा
२. रोशी गाउँपालिका– दूधराज लामा

शिव हुमागाई + कञ्चन चन्द्र वादे
१. बेथान्चोक गाउँपालिका– प्रेम बहादुर तिमल्सिना

मधुप्रसाद आचार्य + गणेश लामा
१. माहाभारत गाउँपालिका – सागर मोक्तान

समिकरण कहाँ कसरी बन्यो त ?

बेथानचोक गाउँपालिका
बेथानचोक गाउंपालिकामा शिव प्यानलको प्रेम प्रसाद तिमल्सिना सभापति बनेका छन् । उनलाई पूर्व उद्योग राज्य मन्त्रि समेत भैसकेको नेता कञ्चन चन्द्र वादेको टिमको सहयोग रहेको देखिएको छ ।

संख्यात्मक रुपमा हेर्दा मच्छिन्द्र लामाले विजयी हुने पूर्व आंकलन गरिएको थियो । एकाएक सभापति प्रेम बहादुर तिमल्सिनाले लाल बहादुर श्रेष्ठलाई सर्वसम्मत उम्मेद्वार बनाउन गरेको प्रश्तावलाई उम्मेद्वार मछिन्द्र लामाले नमानेपछि वडा अध्यक्ष समेत रहेका दिलबहादुर श्रेष्ठ र लाल बहादुर श्रेष्ठ दुबैले प्रेम बहादुर तिमल्सिना लाई सहयोग गरेको स्रोतले बतायो । जुन नाटकिय थियाे ।

बेथानचोकमा रहेका दिलबहादुर श्रेष्ठ र लालबहादुर श्रेष्ठ कञ्चन वादेका प्रिय पात्र मानिन्छन् । जिल्लाको समिकरण हेर्ने हो भने जिल्ला सभापति मधु आचार्य र कञ्चन वादे अहिले सम्म एकै समुहमा छन् । तर बेथानचोक गाउँपालिकाको अधिवेशनमा भएको असहयोगबाट अबको सहयात्रा कसरी अगाडि बढ्छ त्यो हेर्न भने बाँकि छ ।

रोशी गाउँपालिका
रोशी गाउँपालिकामा दुधराज लामा तिर्थ लामाका साढभाई हुन् । उनलाई तिर्थ लामाले सभापति बनाउन खोजेपछी नेता गणेश लामा पक्षले निर्वाचनम जाने गरि तयारी थालेपछी पदाधिकारी र सभापति साटासाट गरेर तिर्थ लामाले गणेश लामासंग सम्झौता गरेका थिए ।

नमोबुद्ध नगरपालिका
कुन्साङ लामालाई सभापतीमा सर्वसम्मत बनाउन अर्का आकाङक्षी ईन्द्र बहादुर दाहालले एकाएक समर्थन गरेपछी निर्वाचनमा अगाडी बढेको अवस्थामा गणेश लामा स्वंम उपस्थित भई कुनशाङ लामालाई सभापती र अन्य पदमा आफ्ना साथिहरुलाई समावेश गराउने रणनीति अख्तीयार गरेका थिए । यसरी सर्वसम्मत घोषण भएसँगै सभापती कुनसाङ लामाले नातामा भान्जा पर्ने नेता गणेश लामालाई भाषणबाटै पटक पटक धन्यवाद दिएका थिए ।

महाभारत गाउँपालिका
हिजो गाउँपालिकामा अध्यक्षमा दावेदार गरेका रकम सिं घलान र सागर मोक्तान बिच मधु आचार्य र गणेश लामाले सहमती गराएसँगै सागर मोक्तान निर्वाचित भएका हुन् ।

काभ्रे कांग्रेसमा एउटा विषयले भित्र भित्रै बहसको स्थान ओगटेको छ । के केन्द्रिय सदस्य शिव प्रसाद हुँमागाई र मधु आचार्य बिच सहमतिको प्रयास होला या नहोला । धेरै मानिसहरु यी दुई नेता बिच सहमति होस भन्ने पक्षमा देखिन्छन् ।

अहिले यी दुई नेता बिच सहमति गराउने मझदार गर्ने व्यक्तिको खाँचो रहेको विष्लेषण भैरहेको छ । सबैको आकांक्षा छ कि यी दुई नेता बिचको शित युद्ध समाप्त गर्न सकियो भने समग्र काभ्रे कांग्रेस बलियो हुनेछ ।

अन्यथा आशन्न निर्वाचनमा काँभ्रेका स्थानिय तहमा सोचेका परिणाम ल्याउने नसकिने नेता कार्यकर्ता बताईरहेका छन् ।
गाउँ तथा नगरको अधिवेशनको नतिजा हेर्दा शिव प्रसाद हुँमागाई र मधु प्रसाद आचार्य दुबैलाई पछि पार्दै तिर्थ लामा अगाडि आउने छनक देखिएको छ ।

67920
Shares

ट्रेन्डिङ