सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा सुपथ मूल्य पसल आजबाट सञ्चालनमा, कति पाइन्छ छुट ?

धुलिखेलमा सुपथ मूल्य पसल आजबाट सञ्चालनमा, कति पाइन्छ छुट ?

6430
Shares
धुलिखेलमा सुपथ मूल्य पसल आजबाट सञ्चालनमा, कति पाइन्छ छुट ?

काभ्रेको सदरमुकाम धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन ल्याईएको छ । धुलिखेल उद्याेग वाणिज्य संघ, धुलिखेल नगरपालिका र साल्ट ट्रेडिंग कर्पोरेशनले सयुंक्त सुपथ मुल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

दशै, तिहार र छठ पर्व लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरिएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको बिक्रीमा राखेको छ ।

तेल, चामल, चिनी, मसला, नुन, साबुन, मैदा जस्तो सामग्री रहेको अध्यक्ष कोजुले बताउनुभयो । सबै बस्तुको मुल्य सूची राखिएको छ । त्यसै अनुसार उपभोक्ताले किन्न पाउनेछन् । यसरी सञ्चालन हुने सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट हुने विभागले जनाएको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको टोलीले सुपथ मूल्य पसलको अवलोकन गरेको छ । प्रजिअ पोखरेलको टोलीले धुलिखेल मुख्य मुख्य बजारको अनुगमन पनि गरेको छ ।

6430
Shares

ट्रेन्डिङ