सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको रोशीका सबै विद्यालय कार्तिक ४ गतेदेखि खुल्ने

काभ्रेको रोशीका सबै विद्यालय कार्तिक ४ गतेदेखि खुल्ने

4210
Shares
काभ्रेको रोशीका सबै विद्यालय कार्तिक ४ गतेदेखि खुल्ने

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले कार्तिक ४ गतेदेखि सबै विद्यालय खुलाउन निर्देशन दिएको छ । पालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो ।

कार्तिक ३ गतेसम्म चाडपर्व विशेष विदा भएकाले ४ गतेबाट सामुदायीक तथा संस्थागत विद्यालयहरु संचालन गर्न भनिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले जनकारी दिए ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा लामो समयदेखी भौतिक उपस्थितिका पठनपाठन बन्द भएका थिए । विद्यालय बन्द भएपनि बैकल्पिक माध्यमबाट भने पठनपाठन भइरहेको छ ।

4210
Shares

ट्रेन्डिङ