सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘चैत भित्र सबै नेपालीले कोरोना विरूद्धको खोप पाउँछन्’ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

‘चैत भित्र सबै नेपालीले कोरोना विरूद्धको खोप पाउँछन्’ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

5215
Shares
‘चैत भित्र सबै नेपालीले कोरोना विरूद्धको खोप पाउँछन्’ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काभ्रे : स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले यहि बर्षको चैत महिनाभित्र सबै नेपालीले कोरोना भाईरसको विरूद्धको खोप पाई सक्ने बताउनुभएको छ । आज काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० को चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोना भाईरसको विरूद्धको खोप लगाउने रहेको भन्दै चैतभित्र सबै नागरिकले खोप पाईसक्ने दाबी गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले दशैंसम्म कम्तिमा ३३ प्रतिशत नागरिकले खोप लगाउने बताउनुभयो । ‘सरकारको मुख्य लक्ष्य भनेको खोप लगाउने हो । दशैंभित्र ३३ प्रतिशत र चैतभित्र सबै नेपाली नागरिकले कोरोना भाईरस विरूद्धको खोप लगाउन पाउने छन्, राज्य मन्त्री श्रेष्ठले भन्नुभयो ।’

राज्यमन्त्री श्रेष्ठले दशैंपछि बालबालिकाका लागि खोप आउने बताउनुभयो । सुरूमा १ लाख खोप बालबालिकाका लागि आउने उहाँले बताउनुभयो । नेपालमा बालबालिकाका लागि १ करोड डोज आवश्यकता भन्दै राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

‘अहिले धेरैको चासो छ बालबालिकाको खोपको । त्यो पनि सरकारले सुनिश्चितता गरिसकेको छ । दशैं लगत्तै बालबालिकाका लागि पहिलो चरणको खोप आउँछ । सबै बालबालिकालाई पुग्ने खोप सरकारले ल्याउँछ, राज्यमन्त्री श्रेष्ठले भन्नुभयो ।’

5215
Shares

ट्रेन्डिङ