सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे प्रहरीको दशैं-तिहार सुरक्षा योजना: राजमार्ग र भिडभाड हुने क्षेत्रमा तालिम प्राप्त कुकुरद्वारा चेकिङ

काभ्रे प्रहरीको दशैं-तिहार सुरक्षा योजना: राजमार्ग र भिडभाड हुने क्षेत्रमा तालिम प्राप्त कुकुरद्वारा चेकिङ

4840
Shares
काभ्रे प्रहरीको दशैं-तिहार सुरक्षा योजना: राजमार्ग र भिडभाड हुने क्षेत्रमा तालिम प्राप्त कुकुरद्वारा चेकिङ

काभ्रे : काभ्रे प्र ह रीले चाड पर्व लक्षित नयाँ सुरक्षा योजना सार्वजनिक गरेको छ । प्र ह रीले दशैं र तिहारलाई लक्षित गरेर आजदेखि नयाँ सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

आज बिहान ११ बजेदेखि काभ्रे जिल्ला भएर अरनिको लोक मार्ग र बि.पि. लोकमार्गमा चल्ने सार्वजिनक सवारी साधानहरु र निजी सवारी सधानमा तालिम प्राप्त कुकुरको सहयोगमा चेकजाँच सुरू गरिएको हो ।

मानिसको बढी भिडभाड हुने सार्वजनिक स्थानमा हुन सक्ने आपराधिक गतिविधि, लागु औ ष ध, आतिसबाजी, अ बै ध चिजबस्तुहरु चो री निकाशी पैठारी तथा ओसार पसार हुन सक्ने भएकाले कुकुर सहितको प्र ह री टोली परिचालन गरिएको प्र ह रीको भनाइ छ ।

जिल्लाको धुलिखेल नगरपालिका, बनेपा नगरपालिका पाँचखाल नगरपालिका स्थित राजमार्गमा र अन्य चुनौतिपूर्ण स्थानहरुमा समेत ‘Dog Sniffing’ सहितको चेकजाँच गरिने डिएसपी खतिवडाले बताउनुभयो ।

4840
Shares

ट्रेन्डिङ