सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने शहरको सूचीमा धुलिखेल

शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने शहरको सूचीमा धुलिखेल

7705
Shares
शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने शहरको सूचीमा धुलिखेल

काभ्रे : काभ्रे जिल्लाको सदरमुकाम रहेको धुलिखेल सहर शून्य कार्बन उत्सर्जन गर्दैै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा समावेश भएको छ । १५ सहरको सुचिमा धुलिखेल पाँचौं स्थानमा छ ।

धुलिखेलले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ ।

सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि समेटिएका छन् । आगामी महीना बेलायतको ग्लास्गोमा हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अगाडि यो सूची सार्वजनिक भएको हो ।

यसैबीच, नगरपालिकाले आज सूचना जारी गर्दै धुलिखेलमा शून्य ग्रीनहाउस ग्याँस उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

7705
Shares

ट्रेन्डिङ