सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको बेथानचोकमा सुख्खा पहिरोको त्रा स, मुख्य सडक बन्द

काभ्रेको बेथानचोकमा सुख्खा पहिरोको त्रा स, मुख्य सडक बन्द

8810
Shares
काभ्रेको बेथानचोकमा सुख्खा पहिरोको त्रा स, मुख्य सडक बन्द

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका २ स्थित ढुंखर्क हुँदै च्यम्राङबेसी जाने मुख्य सडक बन्द भएको छ । सो सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक बन्द भएको गाउँपालिकाले सूचना निकालेर जानकारी दिएको छ ।

ढुंखर्क हुँदै च्यम्राङबेसी जाने सडकखण्डको ग्वाभन्ज्याङमा लगातार तीन दिनदेखी पहिरो खसेकाले अर्काे सूचना प्रकासन नभएसम्मका लागि बन्द रहने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।

सुख्खा पहिरो खसिरहेकाले त्यस क्षेत्र वरपर नजान पनि पालिकाले आग्रह गरेको छ। पालिकाले वैकल्पिक मार्ग ग्वाभन्ज्याङ भालुछाप्रा थलागाउँतर्फ बाटो खुलाउने काम भइरहेको पनि जानकारी दिएको छ ।

8810
Shares

ट्रेन्डिङ