सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई भोली पद हस्तान्तरण गरिने

नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई भोली पद हस्तान्तरण गरिने

3525
Shares
नमोबुद्धका नवनिर्वाचित काँग्रेस पदाधिकारीलाई भोली पद हस्तान्तरण गरिने

काभ्रे : काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली कँंग्रेसको अधिवेशनबाट वडा र नगरमा निर्वाचित पदाधिकारीहरुलाई भोली पद हस्तारन्तरण गरिने भएको छ ।

नमोबुद्ध नगर कार्यसमिति काभ्रेले नवनिर्वाचित नगरकार्य समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन भोली एक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ५ मा भएको नमोबुद्ध नगर वडा अधिवेशन र असोज ९ गते भएको नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रमाण पत्र वितरण र पद हस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरेको काँग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले जानकारी दिए ।

दशै तिहार तथा छठको अवसर पारेर हुन लागेको उक्त कार्यक्रममा चियापान, तथा शुभकामना आदान प्रदान हुने छ । कार्यक्रम भोली बिहान ११ बजे विपि हाइवे भकुण्डेबेशीमा सभापति लामाले जानकारी दिए ।

3525
Shares

ट्रेन्डिङ